यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीलाई सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे जानकारी दिएको कम्पनीले जनाएको छ।
मरासिनीले नेपालमा अघिकांश दुर्घटना सवारी नियमको उल्लंघनबाट हुने बताए। कार्यशालापछि मिस नेपाल प्रतियोगीलाई यामाहा सेफ राइडिङ साइन्स कार्यक्रमको प्रयोगात्मक अभ्यास समेत गराइएको कम्पनीले जनाएको छ।
‘फेस अफ फेसिनो’ कन्टेस्टको सुरुवातयामाहाले ‘फेस अफ फेसिनो’ कन्टेस्टको औपचारिक सुरुवात गरिएको छ।
मिस नेपालका २५ प्रतियोगीमध्ये एक जनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो टाइटलको विजेताको छनोट मिस नेपाल २०११ मलिना जोशी, प्रख्यात फेसन डिजाइनर मनिष राई र एमएडब्लुकी डाइरेक्टर तुलिका अग्रवालको निर्णायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङ मार्फत हुनेछ।
पब्लिक भोटिङ २७ चैतको अपरान्ह ३ बजेसम्म खुल्ला रहनेछ। साथै, ‘फेस अफ फेसिनो’को लागि भोटिङ गर्नेमध्ये एक जना भाग्यशाली भोटरले सामसुङको लेटेस्ट मोडेल एस९ मोबाइल जित्न सक्नेछन्।
यामाहाले मिस नेपाल २०१८ का विजेता र ‘फेस अफ फेसिनो’ का विजेतालाई एउटा–एउटा फेसिनो स्कुटर उपहार दिने कम्पनीले जनाएको छ।