यातायात व्यवस्था विभागमा १ लाख ३ हजार स्मार्टकार्ड (सवारी चालक अनुमतिपत्र ) आइपुगेको छ।
लाइसेन्स सकिएपछि शुक्रबारबाट छपाई कार्य अवरुद्ध भएको थियो। भन्सारमा रोकिएको कार्ड छुटाउन विभागका माहानिर्देशक रुपनारायण भट्टराइले शुक्रबार नै पहल गरेका थिए।
कार्ड आइतवार आइपुगेको र आजबाट छपाई समेत सुरु भइसकेको भट्टराइले जानकारी दिए। त्यस्तै करिव १ हप्तामा पछिल्लो ७ लाख ५० हजार कार्डमध्ये साढे ३ लाख आइपुग्ने विभागले जनाएको छ। साढे ३ लाख कार्ड आएको अर्को १ महिनामा ४ लाख कार्ड आउने महानिर्देशक भट्टराईले जानकारी दिए।
त्यसैगरी विभागले आगामी आर्थिक वर्षमा कार्ड अभाव हुन नदिन २० लाख कार्डका लागि ठेक्का प्रकृया अगाडि बढाएको छ।