यामाहाले एक्सचेन्ज र फाइनान्स सुविधा सहित ललितपुरको ग्वार्कोमा नयाँ सोरुम खोलेको छ।
नयाँ सोरुमको उद्घाटन मिस नेपाल इन्टरनेसनल तथा यामाहा फेस अफ फेसिनो नीति शाहले गरिन्।
उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका एजिएम दिपक रौनियारले नेपालको विश्वासीलो ब्रान्डका रुपमा यामाहा स्थापित भइसकेको र ग्राहकका चाहना अनुरुपका मोटरसाइकलहरु बजारमा ल्याएको बताए।
खुलेको शोरुमबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयर्सको सुविधा पाउने कम्पनीले जनाएको छ।
स्कुटरमा यामाहाका फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन्। यामाहाले केही महिनाअघि २५० सिसी क्षमताको एफजी २५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो।