टाटाको बहुप्रतिक्षित गाडी ‘नेक्सन’ शोरुममा आइपुगेको छ।
गाडी बुधबार थापाथलीस्थित टाटाको शोरुममा आइपुगेको हो। सिप्रदीले केही समय अगाडि गाडी नै नल्याई बुकिङ खुल्ला गरेको थियो।
बुकिङ गर्नेले गाडी हेर्दा मन नपराएमा बुकिङ गर्दाको रकममा २५ प्रतिशत थपेर फिर्ता गर्ने कम्पनीले दावी समेत गरेको थियो। अहिले नेक्सनको टेष्ट ड्राइभ समेत गर्न सकिने कम्पनीले जनाएको छ।
यसको डिजाइन नौलो र सडकमा गुडाउँदा सहज अनुभुति हुने बताइएको छ। यसमा रिभोट्रोन सिरिजमा १.२ लिटरको टर्बो चार्जयुक्त पेट्रोल इन्जिन र १.५ लिटर डिजल इन्जिन रहेको एसयूभीमा सहज र सरल ड्राइभको लागि ६–स्पिड ट्रान्समिसन समावेश गरिएको छ।
यसको पेट्रोल इन्जिनले १ सय १० पिएस पावरमा १ सय ७० र डिजल इन्जिनले १ सय १० पिएस पावरमा २ सय ६० एनएम टर्क उत्सर्जन गर्छ। यो आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै टर्कयुक्त गाडी भएको कम्पनीको दावी छ।
गाडीको २ सय एमएमको ग्राउण्ड क्लियरेन्सले ठूलो खाल्डो तथा स्पिड ब्रेकरहरुलाई सजिलै पार गर्न सक्ने खालको भएको कम्पनीले जनाएको छ। अफरोड यात्राको लागि पनि गाडी उत्कृष्ट रहेको कम्पनीको भनाइ छ।
यसमा ६. ५ इन्चको टच स्क्रिन फ्लोटिङ ड्यासबोर्ड म्युजिक सिस्टम समावेस गरिएको छ। सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक ब्रेकिङ सिस्टम विथ इबिडी’ समावेश छ। रियर सिटमा ‘आइएसओ फिक्स चाइल्ड रिस्ट्रेन सिस्टम’ लगायतका उच्चस्तरीय फिचर्स समावेस छन्।
आरामपुर्वक गाडी चलाउन नेक्सनमा उच्चस्तरीय ‘फोम’बाट बनाइएको सीटहरु, यू–टर्नहरुमा सहजता पुर्वक ड्राइभिङको लागि ईलेक्ट्रिक पावर स्टेरिङ समावेश गरिएको छ। त्यस्तै यसमा प्रिमियम थ्री–टोन ड्यासबोर्ड छ। यसमा भएको इको, सिटी र स्पोर्टमध्य चालकले आवश्यकता अनुसार ड्राइभिङको सहजता पाउन सक्नेछन्।
समान कुलिङका लागि रियर ब्लोअर र अटोमेटिक क्लाइमेट कन्ट्रोलका साथै भोइस कमान्ड र टाटा स्मार्ट रिमोट एप समावेश छ। वाइड–एंगल क्यामरा र एडभान्स अल्ट्रासोनिक सेन्सर युक्त रिभर्स पार्किङ्ग सहायता समावेस गरिएको छ।
चाबीको झण्झट मुक्त गर्न कम्पनीले यसमा पुुस बटन स्टार्ट र सुविधाजनक नियन्त्रण गर्न मिल्ने इलेक्ट्रिक फोल्डेबल मिरर जडान गरेको छ। कम्प्याक्ट एसयुभी खोजिरहेका र प्रिमियम ह्याचब्याकबाट अपग्रेट हुन चाहनेको लागि नेक्सन राम्रो विकल्प हुने कम्पनीको भनाई छ।