सिप्रदी अटोपार्टसले पोखराको होटल ग्राण्डीमा च्याम्पियन मिट सम्पन्न गरेको छ। सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र टाटा मोटर्सका कस्टमर केयर प्रमुख गणेश सेट्टीले संयुक्त रुपमा सम्मेलनको उद्घाटन गरे।
सो अवसरमा कम्पनीका उप–महाप्रवन्धक युवराज बुढाथोकीले निर्धारित लक्ष्य प्राप्तीका लागि आगामी दिनमा आक्रामक बजारीकरणका नीति लिएर अघि बढ्ने प्रतिबद्धता जनाए।
च्याम्पियन मिटमा विगतका वर्षमा विभिन्न १५ विधामा उत्कृष्ट काम गर्ने रिटेलर्सहरुलाई सम्मान गरिएको थियो।
त्यस्तै नेपालभरका ६० जना च्याम्पीयनलाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ। सम्मानस्वरुप २ जनालाई युरोप तथा ५ जनालाई थाइल्याण्ड भ्रमणको अवसर दिइएको कम्पनीले जनाएको छ। सिप्रदीका अनुसार ४ स्कुटर, २०० तोला सुन तथा ४ वटा ल्यापटप समेत च्याम्पियनहरुलाई प्रदान गरिएको छ।