टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ह्याच ब्याक टियागो र स्टाईल ब्याक टिगोरको ‘माइलेज टेष्ट क्याम्प’ सम्पन्न गरेको छ।
माइलेज टेष्टका क्रममा सहभागीले करिब ६० किमी यात्रा गरेका थिए। टियागोमा २३ दशमलव १७ कि.मि.प्रतिलिटरको सर्वाधिक माइलेज प्राप्त गरी आत्मराम ढकालले विजयी भएका छन्।
विश्वराज पंगेनी २१.८६ किमी प्रति लिटरका साथ उप–विजेता बनेका छन्। सेडानतर्फ भरत शर्मा पौडेलले टाटा टिगोरमा सर्वाधिक २१ दशमलव ८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गरी विजयी भए।
दुवै विजयीहरुलाई १ वर्षसम्मको र टियागोका उप–विजेतालाई ९ महिना सम्मको निशुल्क इन्धन उपहार दिइएको छ। सो अवसरमा टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले ग्राहकको आकांक्षा पूरा गर्न सकेको बताउँदै क्वालिटी र प्रभावकारी माइलेजलाई नै प्राथमिकता दिइएको उल्लेख गरे।
सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले ग्राहकलाई टेष्ट ड्राइभबाट ग्राहकसँगको सम्वन्ध थप प्रगाढ भएको उल्लेख गरे।