एमएडब्लु अर्थमुभर्स प्रालि जेसिबी इन्डियाको ‘बेस्ट डिलर’ बन्न सफल भएको छ। सन् २०१७ मा सबैभन्दा बढी जेसिबीका निर्माण उपकहरणहरुको विक्री गरेर एमएडब्लु ‘बेस्ट डिलर’ बनेको हो। यो अवधिमा उसले दुई हजार १४० वटा जेसिबी ब्रान्डका निर्माण उपकरणको विक्री गरेको जनाएको छ।
यससँगै एमएडब्लु ‘जेसीबी क्लब २०००’ को पहिलो सदस्यसमेत बनेको छ। दक्षिण एसियामा मुख्य बजार रहेको जेसिबी इन्डियाको कुनै पनि डिलरले एक वर्षमा दुई हजार वटा मेसिन विक्री गरेको यो पहिलो अवसर हो। दक्षिण एसियामा जेसिबीका ६० भन्दा बढी डिलर छन्।
जेसीबी इन्डियाले एक कार्यक्रमको आयोजना गरी एमएडब्लुलाई सम्मान गरेको । कार्यक्रममा जेसिबी इन्डियाका सीइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरे।
एमएडब्लु अर्थमुभर्स जेसीबी ग्लोबलको दोस्रो सर्वाधिक मेसिन विक्री गर्ने डिलरसमेत बन्न सफल भएको छ। एमएडब्लु अर्थमुभर्सबाहेक विश्वको अर्को एउटा डिलरले मात्र दुई हजारभन्दा बढी जेसिबी मेसिन विक्री गर्न सकेको थियो ।
एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर विक्री गर्न सफल डिलर समेत बनेको छ। एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो।
जेसीबी इन्डिया बेलायतमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । सन् १९४५ मा स्थापना भएको जेसिबी लिमिटेडका संस्थापक जोसेफल सिराइल बम्फार्डले सन् १९५३ मा ब्याकहो लोडरको आविष्कार गरेका थिए। उनकै नामबाट कम्पनीको नाम जेसिबी राखिएको हो।
बेलायत, जर्मनी, अमेरिका, अस्ट्रेलिया र भारत लगायतका देशमा रहेका २२ वटा प्लान्टबाट जेसिबीले तीनसयभन्दा बढी प्रकारका निर्माण र हेभि उपकरणको उत्पादन गर्दै आएको छ।