आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रालिले देशैभरी रेनो एक्सपेरियन्स मेला आरम्भ गरेको छ।
‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर मेला आयोजना गरिएको कम्पनीले जनाएको छ। यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज पनि गर्न सक्नेछन् ।
माघ १४ गतेसम्म चल्ने यस मेलामा रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ।
अभियानले ग्राहकलाई १ लाख बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागि निशुल्क सर्भिसिङ्ग, एक वर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर निशुल्क, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुट (क्यास डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ।
रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने कम्पनीको दावी छ।
यस बाहेक रेनोले जाडो यामका लागि लक्षित गरि ल्याएको ‘रेनो सुप्पर हिट’ स्किम संचालन गर्दै आइरहेको छ।