किर्लोस्कर ओयल ईन्जिन्सले ‘मेघा टी’ टिलर बजारमा ल्याएको छ।
भारत, बंगलादेश र नेपालका २ हेक्टर भन्दा कम कृषियोग्य जग्गा भएका किसानलाई लक्षितगरी यो उपकरण ल्याइएको कम्पनीले जनाएको छ। नेपालमा दुगड व्रदर्श एण्ड सन्स प्रालिलाई उपकरणको बिक्री बितरणको जिम्मा प्रदान गरीएको छ।
यसमा बसेर चलाउन मिल्छ। भिजेको वा सुक्खा भूमि भएको खेतमा ट्याक्टरलेजस्तै खनजोत गर्न सजिलो हुने र छोटो समयमा धेरै काम हुने कम्पनीको भनाइ छ।
ईन्जीनको आयु बढी रहेको दावी गर्दै कम्पनीले उच्च टर्क भएपति ईन्धनको खपत कम गर्ने जनाएको छ। बढी सन्तुलन, अधिक सुरक्षा सुविधा, ट्याक्टर हुड भएको, प्रवेश गर्न र बाहिर निस्कनको लागि थप स्थान भएको तथा किसानलाई काम गर्न सजिलो हुने सुबिधाहरु यसमा रहेको किर्लोस्करका रजित घोषले बताए।