महिन्द्रा मोजो बाइक पोखरामा बिक्री सुरु भएको छ। विक्रेता एसियन अटो मोबाइलसमार्फत यसको बिक्री सुरु भएको हो। राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसरमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।
मेला अवधिभर खरिद गर्ने केही ग्राहकलाई आधिकारिक वितरक अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट समेत प्रदान गर्ने छ।
यो मोटरसाइकलमा लिक्यिड कुल ३०० सिसी इन्जिन रहेको छ। यसको इएफआइ सिलिन्डर इन्जिनले २७ बिपिएचको उच्चतम क्षमता तथा ३० एनएमको टर्क क्षमता दिने गर्दछ।
मोजोमा उच्च ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ पिस्टन रहेको कम्पनीले जनाएको छ।