जेसिबीका निर्माण तथा हेभी इक्विपमेन्ट २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकले खरिद गर्न पाउने भएका छन्।
नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले सुरुमा मूल्यको २० प्रतिशत नगद भुक्तानी गरेपछि खरिद गर्न सक्नेगरी योजना सार्वजनिक गरेको छ।
निर्माण उपकरणमा नेपालमा पहिलो पटक २० प्रतिशत डाउन पेमेन्टको सुविधा दिइएको कम्पनीले जनाएको छ। कुल मूल्यको बाँकी ८० प्रतिशत रकम बैंकिङ किस्ताबन्दीमा बुझाउन सकिनेछ।
जेसिबीको नयाँ अफरमा एनसीसी बैंकले बैंकिङ सुविधा दिनेछ। राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एनसिसी बैंकका सिइओ रमेशराज अर्यालले बैंकिङ सुविधासम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरे। जेसिबीले नयाँ अफरको प्रचारार्थ ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ अभियान’ थालेको छ।
सो अवसरमा एमएडब्लु अर्थमुभर्सका मार्केटिङ हेड दिपकराज गिरीले आफूहरुले दिएको सरल डाउन पेमेन्टको सुविधाले देशको विकासमा टेवा पुग्ने बताए। उनले भने ‘विश्वसनीय उत्पादन जेसीबी एक्साभेटर र ब्याक हो लोडर प्रत्येक स्थानीय तहमा पुर्याउन चाहन्छौँ, जसले विकासलाई साथ दिनेछ।’
जेसिबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल, रोबोट लगायत उपकरण बजारमा छन्। इन्धन कम खपत कम गर्ने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी उपकरण लोकप्रिय रहेको गिरीले बताए। निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दावी छ।
देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधा सहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा कार्यरत रहेको कम्पनीले जनाएको छ।