जिल्ला प्रशासन कार्यालय काठमाडौंले र्याली, धर्ना, प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ।
एमालेनिकट राष्ट्रिय युवा संघले शनिबार मोटरसाइकल र्याली गर्न लागेको छ।
एमालेले शनिबार काठमाडौंको तीनकुनेबाट शक्ति प्रदर्शनसहित मोटरसाइकल र्याली आयोजना गर्न लागेको थियो।
शान्ति सुरक्षामा चुनौती थपिन सक्ने अवस्थालाई ध्यानमा राखेर अहिले कसैलाई पनि र्याली, जुलुस, धर्ना गर्न नदिएको काठमाडौं प्रशासनले जानकारी दिएको छ। उक्त दिन फरकफरक समूहले मोटरसाइकल र्यालीका लागि स्वीकृति मागेको प्रशासनले जानकारी दिएको छ।
‘असोज २५ गते शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा मोटरसाइकल र्याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको छ। भदौ २३ गते गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षति समेतका घटनाहरू हुन पुगेको यहाँहरू सबैलाई विदितै छ। शान्ति सुरक्षाको स्थिति बनाइराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सञ्चालन गर्ने कार्यहरू सुरू भएका छन्।
यसै सिलसिलामा विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ। अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ,’ जिल्ला प्रशासनले दिएन अनुमति ईश्वरराज पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।