हुन्डाइको नेक्स्ट जेनेरेशन कार भर्नाले ‘इन्डियन कार अफ दि एयर २०१७’ अवार्ड पाएको छ। गाडीको इञ्जिनियरिङ, डिजाइन, प्रभावकारिता र ग्राहकको सन्तुष्टिलाई आधार बनाएर मूल्याङ्कन गर्ने यो अवार्ड भारतीय अटो बजारमा प्रतिष्ठिति मानिन्छ।
भारतीय बजार दिल्लीमा नयाँ भर्ना पेट्रोल संस्करणको मूल्य ७ लाख ९९ हजारदेखि १२ लाख २३ हजार भारूसम्म तोकिएको छ।
डिजेल संस्करणको ९ लाख १९ हजारदेखि १२ लाख ३९ हजार भारूसम्म तोकिएको छ।
पेट्रोल संस्करणमा १५९१ सिसि ४ सिलिण्डर इन्जिन छ जसले ६४०० आरपिएममा १२१ बीचएपी शक्ति र १५१ एनएम टर्क उत्सर्जन गर्छ। डिजेलमा संस्करणमा १५८२ सिसि इन्जिन छ जसले ४००० आरपिएममा १२६ बीचएपी शक्ति र २६० एनएम टर्क उत्सर्जन गर्छ।