रोयल इन्फिल्ड मोटरसाइकलमा लुम्बिनी विकास बैंकले सरल, छिटो र छरितो रुपमा ऋण प्रदान गर्ने भएको छ।
आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्स र बैंकबीच रोयल इन्फिल्डका मोटरसाइकलमा नेपाल अधिराज्यभर फाइनान्सको सेवा दिने सहमति भएको छ।
ग्राहकले ऋण आवेदन गरेको समयबाट शिघ्र ऋण स्वीकृत गरिने कर्यक्रममा बताइएको छ। सम्झौताअनुसार रोयल इन्फिल्ड बाईकको खरिदमा ग्राहकलाई ३ वर्ष अवधिसम्मको लागि ऋण प्रदान गरिने छ।
सम्झौता पत्रमा एमभी दुगड गु्रपका उपाध्यक्ष विवेक दुगड र बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले हस्ताक्षर गरे। बिगत १७ वर्ष देखि नेपालमा रोयल इन्फिल्ड स्थापित ब्राण्ड हो।