नवलपरासीस्थित मोटरसाइकल प्लान्टबाट उत्पादन सुरु भएको छ।
रामग्रामस्थित प्लान्टबाट १२५ सिसी डिस्कभरको उत्पादन सुरु भएको हो। अहिले उक्त प्लान्टबाट दैनिक करिव ३० वटा बाइक उन्पादन हुने गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छाले जानकारी दिए।
‘अहिले १२५ सिसीको डिस्कभर मोटरसाइकल उत्पादन सुरु भएको छ, अन्य तयारी पुरा भएपछि १ सय ५० सिसीको पल्सर र प्लाटिना मोटरसाइकल उत्पादन हुन्छ’ उनले सेतोपाटीसँग भने।
नेपालमा उत्पादन भएपनि यसको मूल्य भने घटेको छैन। नेपाल सरकारले सहुलियत नदिएका कारण मूल्य घटाउन नसकिएइको गोल्छाले बताए।