टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले राजधानीको भृकुटीमण्डपमा ‘मेगा एक्सचेन्ज’ मेला संचालन गरेको छ।
मेलाको आइतवार जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल र टिभिएस मोटर्सका ‘रिजनल बिजनेस हेड’ एस अरुन कुमारले संयुक्त रुपमा उद्घाटन गरे।
६ गतेसम्म चल्ने उक्त एक्सचेन्ज मेलामा कुनैपनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग टिभिएसका नयाँ साट्न सकिनेछ।
जुनसुकै कम्पनीको मोटरसाइकलको पनि दक्ष मेकानिक हरुबाट निशुल्क सर्भिसिङ गरिदिने सुविधा रहेको कम्पनीले जनाएको छ।
देशका अन्य शहरहरुमा पनि चलिरहेको उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल पनि साट्न सकिने जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाललले जानकारी दिए।
उनका अनुसार मेलामा टिभिएसका मोटरसाइकल तथा स्कुटर किन्नेले कम्तिमा १० हजारदेखि १ लाखसम्म छुट समेत पाउने जानकारी दिए।
मेलामा आउने आगन्तुकको मनोरञ्जनको लागि कम्पनीले बाइक स्टन्ट, फेस पेन्टिङ, हेल्मेट र एसेसरिज स्टल, विभिन्न खेलहरु राखिएको छ।
कम्पनीले मेलामै फाइनान्सको व्यवस्था गरेको छ। जसले गर्दा केही रकम भुक्तानी गरेपछि बाँकी रकम किस्तावन्दीमा पनि बुझाउन सकिनेछ। यो कार्यक्रमले ग्राहकसामु टिभिएसलाई चिनाउन निकै महत्वपुर्ण भूमिका खेल्ने र पुरानो बाइक तथा स्कुटरको राम्रो मूल्य पाउने उपाध्यक्ष अग्रवालले बताए।
‘यहाँ काठमाडौका टिभिएसको सम्पुर्ण डिलर र २५ वटा एक्सचेन्ज हाउस छन्, जहाँ ग्राहकले आफ्नो साधनको निकै राम्रो मूल्य पाउने छन्’ उनले भने।
त्यस्तै मेलामा टिभिएसको ‘जुपिटर क्लासिक’लाई पनि सार्वजनिक गरिएको छ। भोलिबाट कीर्तिपुर स्टेडियममा सुरु हुने टिभिएस टाइटल स्पोन्सर रहेको एभरेस्ट प्रिमियर लिग (इपिएल)को बारेमा समेत जानकारी दिइएको छ।
तस्वीरः नारायण महर्जन