अग्नी फाउन्डेशनले बोलेरो पिकअप गाडीका ग्राहकलाई लक्षित गरी योजना ल्याएको छ। महिन्द्रा युटिलिटी भेइकलको आधिकारिक विक्रेता अग्नीले ‘उदय सदस्य’ नामको योजना ल्याएको हो।
यस योजनमा २ लाखको निःशुल्क दुर्घटना बीमा, लुब्रिकेन्ट तथा पार्टपूर्जाको खरिदमा १५ प्रतिशत छुट र निशुल्क रिचार्ज कार्डको सुविधा दिइएको कम्पनीले जनाएको छ।
वार्षिक रुपमा गाडी सर्भिस क्याम्प तथा हेल्थ चेकअप क्याम्पको सुविधा पनि प्रदान गरिँदै आएको अग्नीले जनाएको छ।
अग्नी ग्रुपका प्रबन्धक अर्जुन शर्माले विक्रीमा मात्र केन्द्रित नभई ग्राहकलाई थप सेवाहरु समेत प्रदान गरिएको बताए। साथै कम्पनीले एसइइमा सफल भएका ग्राहकका २५ जना छोराछोरीलाई पुरस्कृत गरेको छ।