नेपालको लागि रेनोको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकलको सुरुवात गरेको छ। यो सेवा रेनो नेपालले पहिलो पटक ल्याएको हो। यो सेवाबाट ग्राहक लाभान्वित हुने कम्पनीले जनाएको छ।
काठमाडौँ उपत्यकाभरि ग्राहकले जुनसुकै ठाउँमा सेवा मागे पनि प्रभावकारी रुपमा प्रदान गर्ने कम्पनीको भनाइ छ। सेवा लिनको लागि ग्राहकले १६६०(०१(१६६६६ टोल फ्री नम्बरमा कल गर्न सक्नेछन्।
कारमा आउने ८० प्रतिशत समस्या यो सेवाबाट नै समाधान हुने कम्पनीको दावी छ।