‘डाटसन रेडी–गो १.० लिटर नेपाली बजारमा भित्रिएको छोटो समयमै आक्रामक व्यापार गर्न सफल भएको छ।
नेपालका लागि डाट्सन गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले ‘गो’ , ‘गो प्लस’ र ‘ रेडी–गो’ को सफलता पछि गत भदैमा भएको नाडा अटो शोमा १ हजार सिसीको ‘रेडी गो १.०’ बजारमा भित्र्याएको हो।
‘रेडी गो १.०’ सार्जजनिक भएको तीन महिना पनि नपुग्दै २ सय भन्दा युनिट बिक्री भइसकेको र नोभेम्बर ९ सम्ममा नेपालभर लन्च गरिसक्ने कम्पनीले जनाएको छ।
‘रेडी गो १.०’ को उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, आकर्षक लुक्स, स्पेयर पार्टस सर्बसुलभ, न्यून कस्ट अफ अनरसिप र मुख्य प्रतिस्पर्धी भन्दा सस्तो मूल्य भएका कारण ग्राहकको रोजाइमा परेको कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले जानकारी दिए।
‘यसको ग्रउण्ड क्लियरेन्स १८५ एमएम छ, एक पटक सर्भिसिङ गर्दा ३ हजार भन्दा कम खर्च लाग्छ त्यो पनि ५ हजार किलोमिटर पुगेपछि मात्र सर्भिसिङ गर्नुपर्छ’ उनले भने ‘यत्तिमा अरुको करिव ३ पटक गर्नुपर्छ, स्पेयर पार्टसको मूल्य निकै कम छ।’
यसको मूल्य एकदमै कम्पिटेटिभ रहेको उनले दावी गरे। उनका अनुसार प्रतिस्पर्धी गाडी भन्दा साढे २ लाखदेखि ३ लाख मूल्य कम पर्न आउँछ।
‘अरु कम्पनीको ८ सय सिसीको गाडीको मूल्यमा हामीले १ हजार सिसी गाडी दिइरहेका छौँ, यो निकै कम्पिटेटिभ र अफोर्टेबल प्राइस हो’ उनले थपे।
दुई भेरियन्टमा कार उपलब्ध छ। ‘रेडी गो १.० टी (ओ)’ को मूल्य १९ लाख ५० हजार र ‘रेडी गो १.० एस’ को २० लाख ५० हजार निर्धारण गरिएको छ। अफोर्टेबल मूल्यसँगै कम्पनीले बेलाबेलामा विभिन्न छुट तथा अफरहरु पनि ल्याउने गरेको छ।
‘रेडी गो १.० टी (ओ)९ सय ९९ सिसी इन्जिन क्षमताको कारले ९१ एनएम टर्क उत्सर्जन गर्छ। यसमा ‘मिड ग्राउण्ड क्लियरेन्स’ १ सय ८५ रहेको छ भने इलेक्ट्रोनिक पावर स्टेरिङ, फ्रन्ट पावर विन्डो, सेन्ट्रल लक, की लेस इन्ट्री, एसी, स्मार्ट मिटर, सिडी प्लेयर जस्ता फिचर्स समावेश छन्। त्यस्तै यसले २२.५ किलोमिटर प्रतिघण्टा माइलेज दिने कम्पनीको दावी छ।
‘रेडी गो १.० एस’यो पनि ९ सय ९९ सिसी इन्जिन क्षमताको हो जसले ९१ एनएम टर्क उत्सर्जन गर्छ। यसको मिड ग्राउण्ड क्लियरेन्स १ सय ८५ रहेको छ। ‘रेडी गो १.० एस’ मा ड्राइभर एयर ब्याग, इलेक्ट्रोनिक पावर स्टेरिङ, फ्रन्ट पावर विन्डो, सेन्ट्रल लक, कि लेस इन्ट्री, एसी, डे टाइम रनिङ ल्याम्प, स्मार्ट मिटर, सिडी प्लेयर जस्ता फिचर्स छन्। त्यस्तै यसले २२.५ किलोमिटर प्रतिघण्टा माइलेज दिने कम्पनीले जनाएको छ।