नेपालको लागि जेसिबी अर्थ मुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले दोलखाको चरिकोटमा आधिकारिक सेवा केन्द्र संचालनमा ल्याएको छ।
यो सेवा केन्द्रबाट जेसिबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन्। दोलखा, रामेछाप र सिन्धुली लगायतका क्षेत्रमा जेसिबी मेसिनको उपस्थिति बाक्लो हुन थालेपछि ग्राहकको सुविधालाई ध्यानमा राखेर सेवा केन्द्र सुरु गरिएको हो।
नयाँ सेवा केन्द्रको उद्घाटन निर्माण व्यवसायी संघ, दोलखाका अध्यक्ष रामेश्वर उप्रेती र उद्योग वाणिज्य संघ, दोलखाकाका सदस्य हेमराज रिमालले संयुक्त रुपमा गरेका थिए।
एमएडब्लु अर्थमुभर्सले बनेपा, गल्छी र लहानमा पनि सेवा केन्द्र स्थापना गरिसकेको छ। हाल जेसिबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ।
इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय रहेको कम्पनीको दावी छ।