अस्ट्रेलियाको राजधानी क्यानबेरामा बसोबास गर्दै आएकी किशोरी आयुष्का खनियाँले ‘यो मनले के भन्छ...’ नामक नयाँ गीती एल्बम बजारमा सार्वजनिक गरेकी छिन्।
भर्खर स्कुल पढदै गरेकी १२ बर्ष आयुष्काको यो पहिलो आफ्नो गीत हो। अल्मोडासँग १० वर्षको उमेरमा ‘जुन त लग्यो ताराले...’ र ११ वर्षमा ‘मै छोरी सुन्दरी...’ गाएर तहल्का मच्चाएकी आयुष्काले यो पहिलो सोलो प्रयास हो।
सिड्नीका बिभिन्न सार्वजनिक समारोहमा बिभिन्न नेपाली तथा इङ्लिस गीत गाएर चर्चा कमाएकी आयुष्का भबिष्यमा राम्रो गायीका बन्ने लक्ष्यमा अगाडि बढेकी छिन्। एनआरएन अस्ट्रेलियाका पूर्वउपाध्यक्ष युवराज खनिया र अन्जना सिंखडा खनियाकी सुपुत्री आयुष्का क्यानबेरामा आठ कक्षामा अध्यनरत छिन्।
अस्ट्रेलियामा हुर्केर नेपाली गीत संगीतमा पारंगत बनेकी आयुष्का नेपाली पुस्ताकी उदाहरण पनि हुन्। यँहाँ जन्मेर हुर्केका बच्चाहरुलाई नेपाली भाषाको ज्ञान हुनु महत्वपूर्ण मानिन्छ। तर, आयुष्का भने नेपाली गीत संगीतमै पारगंत भैसकेकी छिन्। उनको नयाँ गीत यस लिंकमा हेर्न सक्नु हुनेछ।
https://www.youtube.com/watch?v=f9qZeNb6vPc