यो समाज असमावेशी छ। राज्य असमावेशी छ। त्यसैले मलाई यहाँसम्म आइपुग्न पनि धेरै अवरोध र व्यवधानहरू छन्। मेरो लागि यो एउटा महत्वपूर्ण समय हो।
म यहाँ केवल जनकपुर साहित्य महोत्सवमा मात्र आइरहेको छैन। हामी जुन अभियानमा छौँ, जुन राजनीतिमा छौँ, जुन समाजलाई रुपान्तरण गनुपर्ने छ भन्ने एउटा हुटहुटी छ। मलाई लाग्छ यसका लागि पनि यी र यस्ताका कार्यक्रम महत्वपूर्ण हुनेगर्छ।
योभन्दा अगाडि एउटा प्रसंग उठाउन मन लाग्यो।
राजा जनकको बारेमा सबैले सुन्नु भएको छ। सबैले पढेका छौँ। राजा जनक तत्कालीन समयका असाध्यै विद्वान राजा, राम्रा राजा थिए। १२ वर्षमा कहलिएका राजा। र, हाम्रो जनकसँग अष्टावक्र भन्ने मान्छे पनि जोडिएका छन्।
राजा जनकको दरबारमा साष्टाङ्ग हुनेगर्छ। त्यो भनेको ऋषि र महऋषिहरूलाई बोलाएर दरबारमा राजाहरूले साष्टाङ्ग गर्छन्, ज्ञानको कुरा गर्छ। बहस गर्छन् समाज र राज्य कस्तो हुनुपर्छ, राजाको भूमिका कस्तो हुनुपर्छ यावत कुराहरूमा।
यस्तै गर्ने सिलसिलामा एकदिन अष्टावक्र यसरी हिँडिरहँदा राजा जनकको दरबारमा साष्टाङ्ग भइहरेको छ भनेर कसैले खबर सुनाइदिन्छ अष्टावक्रलाई। राजा जनककको साष्टाङ्ग भैरहेको सभामा अष्टावक्र जान्छन्।
अष्टावक्र भनेको आठ ठाउँमा बाङ्गिएर जन्मिएको हो। त्यो सभामा भएको सबै ऋषि हाँस्छन् उनलाई देखेर। किनभने ती विद्वानले हेर्दा कुरुप देखिने मान्छे, उमेरमा आफूभन्दा सानो। यो मान्छे किन आइरहेको छ त्यो पनि ऋषिहरूको स्थानमा, दरबारमा किन आइरहन्छ?
राजा जनक पनि हाँस्छन्।
अष्टावक्र भन्छन्- मूर्खहरू हाँसेको मलाई थाहा छ किन हाँसे तर राजा जनक किन हाँसे मैले थाहा पाइनँ!
राजा जनकले भन्छन्- ‘मेरा ऋषिहरूलाई मूर्ख कसरी भन्ने?’
अष्टावक्रले भन्छन्- जो विद्याले सत्य के हो देख्दैन, बाहिरी आवरण देख्छ। त्यो बाहिरी आवरण देखेर जो विचार बनाउँछ, त्यो विद्यान हुन सक्दैन। त्यो मूर्ख हो। भाषा अलि फरक थियो तर सार्वजनिक ठाउँमा त्यस्ता अपहेलना गर्ने खालका शब्दहरू प्रयोग हुँदैनन्। त्यसैले मैले गरिनँ।
अष्टावक्रले त्यसो भनेपछि राजा जनकले अष्टावक्रलाई आफ्नो गुरु मान्छन् र लामो समयसम्म जनक र अष्टावक्रबीच संवाद हुन्छ। संवादको रुपमा जे भनेको छ त्यसलाई हामीले अष्टावक्र गीताको रुपमा पाउँछौँ। त्यो अध्ययन गर्न सकिन्छ।
जसरी श्रीमद भागवत गीता भगवान कृष्ण र अर्जुनबीचको संवाद थियो, त्यसैगरी अष्टावक्र गीता राजा जनक र अष्टावक्रबीचको संवाद हो। र, त्यो असाध्यै वैज्ञानिक हो।
गीताहरूमा श्रीमद भागवत गीता, शिव गीता, अष्टावक्र गीता छ। त्योमध्येका पनि सबैभन्दा वैज्ञानिक अष्टावक्र गीतालाई भनिएको छ। त्यसले कर्म मात्र गर्ने कुरा मात्र गरेन, त्यसले निरन्तर काम गर्ने र मोक्षको कुरा गर्छ।
त्यो गीताको सुरुको प्रश्न हुन्छ- जीवन के हो? मोक्ष के हो? मुक्ति के हो? यो मुक्तिको बारेमा कुरा गर्ने नै छु किनभने जब जब बहिस्करणको कुरा आउँछ। समानाताको कुरा आउँछ। उत्पीडनको कुरा आउँछ। त्यसपछाडि मुक्ति हाम्रा लागि एउटा अमूर्त भएर आइपुग्छ।
त्यो राजनीतिक मुक्ति, आर्थिक मुक्ति, समाजिक बन्धनको मुक्ति, सांसकृतिक मुक्ति, विभोदबाट मुक्ति, उत्पीडनबाट मुक्ति हाम्रो लागि महत्वपूर्ण भएको हुन्छ। यसरी राजा जनक र अष्टावक्रबीच बातचित हुँदै गर्दा अन्तमा राजा जनकले अष्टावक्रलाई गुरु मान्छन् र दिक्षित हुन्छन्।
राजा जनकले भन्छन्- अब म गुरुको सेवा गरेर बस्न चाहन्छु। म कतै जान चाहन्नँ। किनकी अब मेरो लागि गुरु नै सबैभन्दा महत्वपूर्ण कुरा हो।
अष्टावक्रले राजा जनकलाई भन्छन्- त्यो होइन। अब तिमी मेरै सेवा गरेर बस्ने होइन। तिमीले अफ्नो राज्यमा गएर नागरिकका लागि अझै बढी मेहनत र काम गर्नुपर्छ। किनभने हिजोसम्म तिमी राजा जनक थियौ, आजबाट तिमी ज्ञानी भयौ। ज्ञानीको कुनै देश हुँदैन, निश्चित भूगोल हुँदैन। कुनै भाषा हुँदैन। कुनै जात हुँदैन। धर्म हुँदैन।
यो प्रसंग मैले किन उठाइरहेको छु भने हामीले यहाँ यो कार्यक्रममा विषयवस्तु र शीर्षक राखेको छ ‘समावेशिताको परिकल्पना’।
कल्पना नभएर परिकल्पना किन भएको होला? यसमा पनि अलिकति दार्शनिक बनाउन चाहन्छु। नेपाली वृहत कोषमा कल्पना भन्ने शब्दको त्यसको वास्तविकसँग धेरै नजिक देखिँदैन, कल्पनामै सीमित भएको देखिन्छ। कल्पना गर्नु तर त्यो हुन जरुरी छैन। कल्पना गर्न पाइयो तर त्यो यथार्थ हुनुपर्छ भन्ने जरुरी छैन।
तर परिकल्पना गर्नुभयो भने कल्पनासँग यर्थाथ हुनेसँग अलि बढी नजिक छ। जनु हाम्रो लागि महत्वपूर्ण छ। यो परिकल्पना सबैको हो। विशेषगरी मधेश, दलित, महिला, जनजातिको हो। एकै शब्दमा भन्दा उत्पीडितहरूको हो। हो, हाम्रो एउटा परिकल्पना छ।
त्यो परिकल्पना भनेको के हो भने यो देश समावेशी हुनुपर्छ, यो देश समृद्ध हुनलाई समावेशी हुनुपर्छ। यो देश सभ्य हुनलाई समावेशी हुनुपर्छ। यो देश सुसंस्कृत हुनलाई समावेशी हुनुपर्छ। यो हाम्रो परिकल्पाना हो। यो परिकल्पनालाई यथार्थ बनाउने जिम्मा पनि हाम्रो हो। किनभने उत्पीडित जो हो गर्ने त्यसैल हो। जसलाई बहिस्करणमा पारिएको छ गर्ने उनैले हो।
कसैले गरिदेलान् भनेको सोच्नु भनेको त्यो कल्पना हुन्छ, परिकल्पना हुन सक्दैन। यो विषयमा अलिकति हामी समावेशिताको कुरा गरिरहँदा कहाँ-कहाँ असमावेशिता छ अथवा बहिष्करणमा हामी कहाँ-कहाँ पर्यौं? के-केले हामीलाई बहिष्करण गर्यो भन्ने कुरा पनि महत्वपूर्ण छ जस्तो मलाई लाग्छ।
आदिम साम्यवादका कुरा गर्ने कार्ल मार्क्स नै हुन्। मलाई थाहा छैन ती बेला समाज असमावेशी थियो या समावेशी। तर पढेको कुरा सुन्दा के लाग्छ भने त्यो साम्यवादमा उचो-निचो, सानो-ठूलो वर्ग थिएन भनिन्छ। त्यो सत्य हो वा मिथ्या हो मलाई थाहा छैन। तर एउटा साँचो कुरा के हो भने यो प्रकृति असमावेशी थिएन। यो पृथ्वीले कसैलाई बहिष्करण गरेको थिएन। यो हामीले गरेको हो। मान्छेले गरेको हो।
जब हामीले समाज बनायौँ। जब हामीले राज्य बनायौँ। जब हामीले राजनीति गर्यौं। यी सबै कुराले मान्छेलाई बहष्किरण गर्यो। सबैले गरेन, केहीले गरे। राज्यले बहिष्करण गर्यो। समाजले बहिष्करण गर्यो। धर्म र संस्कृतिले बहिष्करण गर्यो। यसरी केही ठाउँमा कहाँ-कहाँ कसलाई बहिष्करण गर्नुपर्थ्यो, त्यहाँ-त्यहाँ मान्छेलाई बहिष्करण गर्यौं र हामीले समावेशी समाज पाएनौँ।
हामीले सबै जाति, भाषा, संस्कृति, सभ्यता, धर्मका मान्छेहरू एकै ठाउँमा समाविष्ट भएको अथवा सम्यक हिसाबमा सब मिलन भएको हामीले देख्न पायौँ। यी सबै भनिरहँदा महत्वपूर्ण कुरा के हो भने यी सबै मान्छेले गरेको हो। राज्य मान्छेले बनाएको हो, समाज मान्छेले बनाएको हो। अरु धेरै कुरा मान्छेले बनाएको हो।
मान्छेले बनाइरहँदा हामीले जुन समावेशिताका परिकल्पना गरिहरेका छौँ, त्यो समावेशी भएन। मलाई के लाग्छ भने यो धेरै ठूलो प्रश्न होइन, जटिलता होइन। किनभने मान्छेले बहिष्करण गर्यो, असमावेशी समाज निर्माण गर्यो। त्यतैबेलै सकिन्छ, सजिलैसँग सकिन्छ।
यदि मान्छेले मान्छेलाई बहिष्करण गर्न खोज्यो भने छोडेकै दिन सकिन्छ। समाजमा मान्छेले एक धर्मले अर्को धर्मलाई, एक जातिले अर्को जातिलाई, एक संस्कृतिले अर्को संस्कृतिलाई जुन दिन बहिष्करण गर्न छोड्छ, त्यो दिन त सक्यो यो। तर त्यो दिन कहिले होला भन्ने हाम्रो परिकल्पाना हो।
यसर्थ मलाई डर लाग्छ। मलाई समाजदेखि पनि डर लाग्छ। मेरो आफ्नै पनि समाजिक परिवेश तपाईंहरूले बुझिदिनुभयो भने बुझ्नुहुन्छ म किन डराइरहेको छु। मलाई त डर लाग्छ। मलाई समाजदेखि पनि डर लाग्छ, राज्यदेखि पनि डर लाग्छ। धर्मदेखि पनि डर लाग्छ जसले सुरक्षा गर्छ भने।
ती धारणबाट तमाम दक्षिण एसियाली मान्छेहरू पीडित छन्। ती धर्मकै उत्पीडनमा छन्। धर्मकै कारण मान्छे पछाडि पारिएका छन्। त्यो देखि नि डर लाग्छ। संस्कृतिदेखि डर लाग्छ। हामीले सभ्य भनेको हामीले सुसंस्कृत भनेको अन्त संसारमा कतै नभएको ज्ञानको भूमि भनेको त्यो धर्मदेखि पनि डर लाग्छ जसले मान्छेलाई मान्छे भन्दैन। जसले मान्छेबीच फरक देख्छ, मलाई त डर लाग्छ।
अब राजनीतिको त कुरै नगरौँ। राजनीति त यतिकै विघ्न जातिवादी छ, यति विघ्न एकांकी छ न त्यसले फरक धर्मलाई स्वीकार्छ न त्यसले फरक संस्कृतिलाई स्वीकार्छ, न त्यसले फरक भाषालाई स्वीकार्छ न त्यसले फरक भूगोललाई स्वीकार्छ, न त्यसले फरक सभ्यतालाई स्वीकार्छ।
राजनीति आफैमा सबैभन्दा खतरनाक छ। अब यो हुन्छ कहिलेसम्म? हुन त पछिल्ला समय केही साहित्यहरू आएका छन् राजनीति शास्त्रमा। स्टेट अफ नेचर भन्ने एउटा पोलिटिकल आइरहेछ। त्यसलाई के भन्छ? अब केही नभएको राज्य पनि नभएको अवस्था भनेर बुझ्न सकियो।
केही राज्य राज्य जस्तो, कुनै संरचनाको अवस्था बनिनसकेको अवस्थामा मान्छे कस्ता थिए भन्ने कल्पना गरेर समाजिक अनुबन्धनको सिद्धान्तहरू प्रतिपादन भएका छन्। जसलाई उदारवाददेखि लिएर समाजवाददेखि लिएर धेरै कुराहरू हामी त्यहाँबाट लिन सक्छौँ।
जोन लकदेखि, रुषोदेखि लिएर यी सारा थिंकरहरू, सिद्धान्तकारहरू, दार्शनिकहरूले त्यहाँनिर काम गरेका छन्। तर पछिल्लो समयमा राजनीतिशास्त्रमा भनौँ अथवा समाजशास्त्रमा एउटा यस्तो साहित्य पनि आएको छ कि त्यो हो स्टेट अफ नेचर।
त्यो केही नभएको, कुनै संरचना नभएको, राज्य नभएको अवस्थामा कल्पना गरेर जुन सिद्धान्त बनाइयो त्यहीँबाट गल्तीहरू सुरु भयो भन्ने पनि आर्गुमेन्ट आएको छ। मलाई पनि लाग्छ कहीँकहीँ कतैकतै हामीले राजनीति गरिरहँदा, हामीले राज्य बनाइरहँदा धेरै गल्ती, कमीकमजोरी भएका छन् र त्यो आजसम्म यथावत छ, निरन्तर छ।
मैले भन्न खोजेको कुरा के हो भने हामीले परिकल्पना गरेको समावेशिता सीमित छ। जुन समावेशिताको हामीले परिकल्पना गरिरहेका छौँ, त्यो समावेशिता हाम्रो समाजले पनि अहिले हामीलाई दिँदैन।
समाज भन्नुको अर्थ त्यो समाजिक समाजिक अवस्था, समाजिक चिन्तन, समाजिक संस्कार हाम्रो राजनीति त अब अघि यहाँ धेरै कुरा भयो राजनीति त आजको दिनमा पनि हामीले धेरै पटक व्यवस्था परिवर्तन गर्यौ। बारम्बार हामीले आन्दोलनहरू गर्यौं तर फेरि पनि घुमिफिरी सत्ता, राज्य व्यवस्था त्यहीँ वर्चश्वशालीको हातमा जान्छ जसले इतिहासदेखि खास कुनै जात, भाषा, संस्कृति, धर्म र भूगोललाई उत्पीडनमा पारिरहेको छ या भनौँ बहिष्करणमा पारिरहेको छ।
हामीले ठूलो आश राखेर, ठूलो सपना देखेर, ठूलो न्यायको ठूलो समताको ठूलो शान्तिको परिकल्पना गर्न आन्दोलनहरू गर्छौं। तर फेरि पनि सबै गर्दैगर्दै हामी त्यहीँ पुग्छौँ र हाम्रो राज्य व्यवस्थाको सम्पूर्ण शक्ति त्यहीँ गएर बिसाइदिन्छौँ जो हिजो इतिहासदेखि आजसम्म वर्चश्वशाली थियो।
यसो भनिरहँदा मूलभूत रुपमा आज पनि समाजको चरित्र भनेको, राज्यको चरित्र भनेको पित्रृसत्तात्मक हो, जातिवादी हो, एकल भाषी हो र केन्द्रिकृत हो। यो हाम्रो संविधानले भन्दैन। संविधानले धेरै राम्रा कुराहरू गर्छ। तर संविधान एउटा कुरा हो व्यवहार अर्को कुरा हो।
संविधानअनुसारको व्यवहार भयो भने त सम्वभतः हामीले यो जनकपुर साहित्य महोत्सवमा समावेशिताको परिकल्पना र अभ्यास भन्ने विषयमा छलफलै गर्नुपर्दैन थियो होला। हामी अन्य केही गर्न सक्थ्यौँ। अन्य कुनै विषयवस्तुमा, अन्य कुनै ऐतिहासिक, पौराणिक, अन्य कुनै कला संस्कृतिको विषयमा हामी धेरै कुरा गर्न पाउँथ्यौ।
तर त्यसो किन भएन भने हाम्रो संविधानले कल्पना गरेकोसम्म पनि न्यूनतम, त्यति पनि हाम्रो राज्यको चरित्र भएन। हाम्रो राजनीति गराई त्यो भएन। विशेषगरी समाजमा नेतृत्व गर्ने, समाजका वर्चश्वशाली, जोसँग शक्ति तिनको व्यवहार शब्दमा आजको दिनमा पनि भन्नुपर्दा हामी त्यस्तो समाजमा बाँचिरहेका छौँ जुन समाजमा मान्छेहरूलाई स्वागत गर्नभन्दा बढी बहिष्करणमा पार्छ। जुन समाजमा न्यायभन्दा बढी अन्याय हुन्छ।
समाजिक न्यायको हिसाबले हेर्दा समावेशी भनेको यदि यो समाज ऐतिहासिक रुपमा कुनै विशेष जाति, भाषा, लिंग, धर्मलाई बहिष्करणमा पारिरहेको छ। समावेश गर्नु त न्याय सम्पादन गर्नु होला नि त। तर दुर्भाग्य! यदि समावेश गर्नु र समावेशितामा जानु भनेको न्याय दिनु हो भने त्यो समावेशिताको विरुद्ध बोल्नु न्याय हो कि अन्याय हो? प्रश्न यता पनि उठाउन पर्छ।
कयौँ मान्छेहरू देख्छौँ हामी, पठितहरू, विद्वानहरू। अष्टावक्रले कति पढेका थिए मलाई थाहा छैन तर राजा जनकका पनि गुरु थिए। हाम्रो विश्वविद्यालय पढेकाहरू लाग्छ कहिलेकाहीँ कुनै विशेष भाषा, कुनै विशेष जाति कुनै विशेष संस्कृतिको आडमा अरुलाई बहिष्करण गरिरहेका छन्। यी कसरी सम्भव हुन्छन्।
विश्वविद्यालय भनेको त एउटा फराकिलो अवधारणा होला नि त नामैले पनि। विद्यालय मात्र भनेको होइन नि विश्वविद्यालय। यी यावत समस्याहरू छन्। यी समस्या आजको पनि होइन, धेरै लामो समस्या हो। विगत ३५ सय ४ हजार वर्षदेखि दलितमाथिको उत्पीडन छ। ८ हजार वर्षदेखि महिलामाथिको उत्पीडन छन्।
भाषिक उत्पीडन मधेशले राम्रोसँग भोगेको छ, भूगोलको उत्पीडनको सबैभन्दा त्यो पीडा मधेशीबाहेक कसले भोगेको छ? हिजो भर्खर संसदमा मैले भने विकासको काम गर्ने एउटा विधेयक आएको थियो। विकासको अनुगमन, मूल्यांकन गर्ने रे।
मेरो प्रश्न थियो, त्यो भौगोलिक असमानता कायम गर्न जो विकास गरिन्छ त्यसको अनुमगन र मूल्यांकन कसले गर्छ? काठमाडौँमा जति विकास गरिन्छ अथवा विराटनगरमा, धरानमा, पोखरामा जति विकास गरिन्छ सप्तरीमा त्यति गरिन्छ कि गरिँदैन्? सिरहामा त्यति गरिन्छ कि गरिँदैन? त्यो देहातमा त्यति गरिन्छ कि गरिँदैन? यो असमानता कसले रोक्ने? यसको अनुगमन र मूल्यांकन कसले गर्ने?
जवाफ छैन।
आज मनिषजी र हामी यो परिकल्पना गरिरहेका छौँ। संविधानमा यो परिकल्पना छ। तर यी परिकल्पना त्यसले गरेको छ संविधानमा जसलाई यो जरुरी नै छैन। यो मेरो आफ्नो बुझाइ हो। संविधानमा समावेशिताको परिकल्पना गरिएको छ, लेखिएको छ। अपुग कुराहरू छन् तर धेरै कुराहरू लेखिएको छ। तर त्यो परिकल्पनाकारहरू मनिष झा होइन, सन्तोष परियार होइन, सोहन होइन।
त्यो परिकल्पनाकारहरू कोही फरक हुन् जसलाई त्यो यथार्थ हुनु वा नहुनुसँग खासै त्यति ठूलो अर्थ राख्दैन। मैले भन्न खोजेको कुरा के हो भने जतिबेला यो समावेशिताको परिकल्पना गर्ने ठाउँमा एउटा पहाड, मधेशको दलित पुग्छ, एउटा पहिचान गुमाइरहेको पहिचान नस्वीकारिरहेको, भाषालाई हेपिरहेको एउटा मधेशी पुग्छ, एउटा संस्कृतिलाई नरुचाइएको, एउटा जनजाति पुग्छ अनि यो परिकल्पना यर्थाथ हुन्छ भन्ने मेरो बुझाइ हो।
म गलत पनि हुनसक्छु। तर मलाई लाग्छ त्यतिबेलासम्म यो समावेशिताको हाम्रो परिकल्पना यथार्थ हुनेवाला छैन। त्यसकारण पनि म राजनीतिमा छु। मलाई लाग्छ धेरै साथीहरू त्यही कारणले राजनीतिमा हुनुहुन्छ।
हामी भन्छौँ हामीलाई थाहा छ जो-जो उत्पीडितहरू हुन्, बहिष्करणमा परेका छन् तिनीहरूको भोगाइ एउटै हुन्। फरक-फरक भूगोलमा होला, फरक-फरक समयमा होला तर भोगाइ एउटै हो। त्यो भोगाइले हाम्रो जीवन पनि लगभग उस्तै बनाइदिएको छ। यसर्थ हाम्रो विश्व दृष्टि या भनौँ हाम्रो जीवन दृष्टि पनि उस्तै-उस्तै हुनुपर्छ।
जनकपुरको मनिष झा र भक्तपुरको सन्तोष परियार त्यो दूरीको हिसाबमा धेरै पर होलान् तर भोगाइका हिसाबमा पर छैनन्। समाजको चिन्तनका हिसाबमा पर छैनन्। हामीले गर्ने कुरामा हामी फरक छैनौँ। हामी धेरै-धेरै पर छैनौँ।
भाषा फरक होला, त्यसको फरक तरिकाले गरिएला। तर हाम्रो मुद्दा एउटै हो, त्यो मुद्दा भनेको आत्मसम्मानको हो। त्यो मुद्दा भनेको बराबरीको हो। त्यो मुद्दा भनेको न्यायको हो। त्यो मुद्दा भनेको समावेशीको हो। हाम्रा धेरै कुरा समान छन्। हामीले समान भएर एकै ठाउँमा उभिएर गुर्नपर्छ भन्ने मलाई लाग्छ।
मैले धेरै ठाउँमा भन्ने गरेको छु खासमा जे जस्तो होला, जस्तो किसिमका अन्याय, जस्तो किसिमको अत्याचार होला, जस्तो किसिमको उत्पीडन होला त्यो सबैको दर्शन भनेको एउटै हो।
मलाई के लाग्छ भने त्यो आधार सबै खाले उत्पीडन, सबै खाले बहिष्करण, सबै खाले अन्नायको दर्शन र आधार एउटै हो। त्यो भनेको बलियाले निर्दालाई अथवा सत्ता र शक्तिमा भएकाले कमजोरलाई अथाव वर्चश्वशालीहरूले अन्य अल्पसंख्यकहरूलाई थिच्ने नै हो, हेर्ने नै हो र त्यहाँबाट जे हुन्छ आफूले फाइदा लिएर शक्तिशाली बन्ने नै हो।
त्यो महिलाको विरुद्ध पुरुषमा लागु हुन्छ, कथित उच्च जात भनेका विरुद्ध कथित सामजातिहरूमा लागु हुन्छ। कथित खस आर्य, नेपालीबासीको विरुद्ध मधेश अथवा अन्य जनजाति, नेवार, नेपाल भाषा, तामाङ भाषा त्यहाँ लागु हुन्छ। त्यो सबैमध्ये हो। त्यसको दर्शन एउटै हो, नस्वीकार्नु हो। त्यसको दर्शन भनेको बहिष्करण गर्नु हो।
अझै मलाई भन्नुहुन्छ भने बहिष्करण मात्र होइन, यो निषेध हो। दलितको सवालमा सोध्नुहुन्छ भने बहिष्करण मात्र होइन। बहिष्करण भनेको समावेश नभएको मात्र भन्ने अर्थ लाग्छ, निषेध हो यो त। विल्कुलै निषेध हो यो। तिमीलाई अनुमति नै छैन। तिमी रहनै सक्दैनौ भनेको धेरै घटनाहरूले त्यो प्रमाणित पनि गरेको छ।
यो मैले फेरि भावना बोलेको पनि होइन। त्यो विभिन्न कालखण्डमा घटिएको घटना नै बन्छ कि यस्ता कुराहरू हाम्रो समाजलाई ठूला कुरा होइन।
तर आज हामीले गर्न खोजेको बहस, जनकपुर साहित्य सम्मेलनमा यो विशेष टपिकमा गर्न खोजिएको बहस यस्तै बहस होला जस्तो लाग्छ जसले कहीँ न कहीँ हामीले एउटा मनस्थिति बनाउन सकुँ, एउटा खबरदारी पनि हो यो राज्यलाई। खबरदारी पनि हो यो समाजको मै हुँ भन्नेलाई।
जस्तै विगत लामो समयदेखि राजनीति रुपमा हाम्रो मत लिएर हाम्रो भविष्य निर्धारण गर्न, तिमीमाथिको खबरदारी पनि हो। र, यो एक हिसाबमा एउटा अभियान पनि हो। हामी जहाँजहाँबाट जे गरिरहेका छौँ हाम्रो ध्येय एउटै हो, एउटा सम्मुनत समाज बनोस्। एउटा समतामूलक समाज बनोस्। एउटा शान्त समाज बनोस्।
मान्छेलाई धेरै किसिमका बाधा, व्यवधानहरू छन्। सुरुमा अष्टावक्र गीताको कुरा गर्दै मैले मुक्तिको कुरा गरेको थिएँ। मान्छेको मुक्ति हुँदैन। हामी आजको दिनमा हाम्रो राजनीतिले पनि हामीलाई मुक्ति दिँदैन्। जसरी तपाईं अफ्नो छनौटले आउनु भएको छैन यतिबेला। यहाँ सुन्न तपाईंलाई कहीँकतैबाट हस्तक्षेप छैन। यहाँ जो तपाईं अग्रज देख्नुहुन्छ त्यो तपाईंको छनौट हो।
के तपाईं जीवनमा यसरी नै सबैकुरा तपाईंले छनौट गर्न सक्नुभएको छ? त्यो छैन। त्यो छनौट गर्ने मौकै दिँदैन हाम्रो समाज व्यवस्थाले। त्यो छनौट भन्ने नै छैन हाम्रो राज्य व्यवस्थामा अहिले। किनभने हामी गुलाम छौँ। त्यहीँ भएर हाम्रो मुक्ति भनेको त धेरै परको अवधारणा हो। हामीले हामो छनौटको काम गर्न पाएका छैनौँ।
मान्छेको जीवनमा धेरै व्यवधानहरू छन्। तर लाग्छ मान्छेलाई के भने, म सर्वेसर्वा छु। म धेरै कुरा जान्दछु। म मेरो नियन्त्रण मैमाथि छ भन्ने लाग्छ मान्छेलाई, त्यो भ्रम हो।
फ्रेन्च फिलसफर मिसेल फुगोले भन्छन्- आधुनिक समाजमा आधुनिक राज्य, आधुनिक समाज अत्याधिक स्वतन्त्र हो भन्छ। त्यो गलत हो। आधुनिक राज्य र आधुनिक समाज झन् स्वतन्त्र छैन। यो एक खालको सर्वेलेन्स, एउटा कन्ट्रोल क्याटिभ अवस्थामा छ भन्छ उनले।
हाम्रो समाज धेरै चोटि हामीले लगभग ६/७ वटा संविधान पाइसक्यौँ। आन्दोलनका हिसाबमा हामी पछिल्लो पुस्ता ०६२/६३ को आन्दोलनमा लागेको पुस्ता लगायत तीन, चार वटा पुस्ता हामी एकै ठाउँमा छौँ। क्रमबद्ध हामीले आन्दोलन गर्दागर्दै आयौँ।
हामीलाई लाग्छ प्रत्येक आन्दोलनले हिजो समाजमा बहिष्करण, उत्पीडनमा परकाहरू तिनको राम्रो हुन्छ, न्याय पाउँछन् भन्ने विश्वास थियो। तर त्यो विश्वास एकपछि अर्को गरी टुट्दै गएको छ।
पछिल्लो समय राजनीतिक रुपमा यति ठूलो आन्दोलन भयो, त्यो माओवादी आन्दोलन भनौँ वा ०६२/६३ मा गरेको आन्दोलन। हामीलाई लाग्थ्यो कि योभन्दा ठूलो कुनै आन्दोलन सम्भवै छैन। किनभने यो आन्दोलन यति पेचिलो, यति सघन आन्दोलन छ कि यहाँभन्दा धेरै आन्दोलन गरेर अब गर्नु के छ र भन्न लागेको थियो। तर आज भोगाइले के भन्छ भने होइन रहेछ।
यो भन्दा अझै चरम आन्दोलन पनि हुनसक्छ। त्यो मैले चाहेर अथवा तपाईंले चाहेर अथवा कसैले नचाहेर नहुने भन्ने होइन। जब उत्पीडनको समयसापेक्ष उत्पीडनको, बहिष्करणको अन्यायको व्यवस्थापन भएन भने सम्पादन भएन त्यसको अन्तिम विकल्प भनेको विद्रोह नै हो। त्यो विद्रोह हुन्छ। विद्रोहको विकल्प छैन। तर अब गर्छ कसले भन्ने कुरा महत्वपूर्ण हो।
सम्भवतः पुष्पकमल दाहाल प्रचण्डले माओवादी विद्रोह नगरीकन कुनै सन्तोष कामी, सार्कीले गरेको भए अर्को हुन्थ्यो? प्रश्न गर्न पाइयो नि त। अथवा कुनै मधेशीले गरेको भए अर्के हुन्थ्यो कि। मैले भन्न खोजेको कुरा के हो भने हामीले यहाँनेर पनि हेर्नुपर्छ। बारम्बार राजनीतिक आन्दोलन गर्छौं, समाजिक आन्दोलन गर्छौं।
समाजलाई समावेशी बनाउने, न्याय समतामूलक बनाउन भन्ने हाम्रो अभियान हुन्छ तर कालान्तरमा हाम्रो राज्य सत्ता फेरि तिनीहरूकै हातमा पुग्छ जोबाट यो समाजका दलित भनेकाहरू, मधेशी भनेकाहरू, यो समाजका उत्पीडितहरू बारम्बार उत्पीडनमा परेका छ्न। यसको अर्थ के हो यो राजनीतिक सिद्धान्त वा व्यक्तिमा समस्या हो? कहाँनेर समास्या हो?
यो हाम्रो भोगाइ हो। तपाईं हेर्नुस्। पछिल्लो ससमयमा आफै हेर्न सक्नुहुन्छ। बारम्बार हाम्रो राजनीतिक परिवर्तन भएको छ तर राज्य व्यववस्था तिनैहरूकै हातमा पुग्छ जसले इतिहासदेखि उत्पीडनमा पारको छन्।
कुरा ठूला हुन्छन्, व्यवस्था ठूला हुन्छन् तर आज पनि बलात्कृत नारीले न्याय पाउँदैनन्। खुल्लमखुला बलात्कारी हिँडछन्। जातकै नाममा दिनदहाडै मान्छे मारिन्छन्। पूरै गाउँ घेरेर मान्छे कुटेर मारिन्छ। त्यसको न्याय सम्पादन हुँदैन। अब हुन्छ चाहिँ के? यो राज्य कसको हो भन्दा, यो खालको परिस्थिति बनिरहँदा हामीले कल्पना गरेको अथवा हामीले परिकल्पना गरेको राज्य सम्भव छैन आजको दिनमा?
हामीले भन्ने गरेका छौँ हामी लोकतान्त्रिक पनि भयौँ, गणतान्त्रिक पनि भयौँ, समावेशी त हाम्रो संविधानको प्रस्तावनामै लेखेका छौँ। संघीयता हामीले त्यो दूरदराजमा रहेको राज्यको केन्द्रबाट शासित हुन नपर्ने, एउटा स्वशासित स्वशासनको अवधारणामा संघीयता ल्याइएको हो नि त। तर आज संघीयतालाई सबैभन्दा विकृत बनाइदिन्छ।
संघीयतालाई विकृत बनाइँदा फाइदा कसलाई छ? उत्पीडितलाई फाइदा छैन। वर्चश्वसालीलाई नै फाइदा छ। शासन सत्तामा बसेकालाई नै फाइदा छ। त्यहीँ भएर यस्तो प्रोपागण्डा गरिन्छ कि आज सारा मान्छेलाई संघीयताले काम गरेन्, तथ्यांकमा गएर हेर्नुस्।
संघीयता खास केही खर्चिलो होइन रहेछ। हाम्रो ब्युरोक्रेसीले नै गर्छ त्यो खर्च। संघीयता त्यति खर्चिलो होइन। भ्रष्टाचारको कुरा गर्नुहुन्छ भने प्रदेशभर खासै करप्टेड होइन। स्थानीय तह सबैभन्दा भ्रष्ट हो। हावा कुरा गरेर कुतर्क गरेर पछाडि फर्काउने प्रयास भैरहेको छ। यसमा पनि सजग हनुपर्छ।
संविधानको प्रस्तावनमा समावेशी लोकतान्त्र लेखिएको छ। होइन, हाम्रो प्रस्तावनामा लेखिएको छ तर समाज लाज लाग्नुपर्ने होइन? समावेशी आयोग तपाईंहरू सबैलाई थाहा छ। त्यो समावेशी आयोगमा बस्ने मान्छेलाई लाज भन्ने चिज हुँदैन? समावेशी आयोग पनि त्यस्तो हुन्छ त? त्यहाँ कस्ता मान्छे बसेका छन्?
यो देशका विद्वानहरू, सर्वोच्च हाँकेकाहरू, डक्टरेटहरू, पिएचडीहरू गरेकाहरू होइन। ठूलाठूला विद्धाहरू समावेशी आयोगमा बस्छन् तर तिनले के बुझ्दैनन् भने त्यो समावेशी आयोग इतिहासदेखि यो समाज राज्य व्यवस्थामा छुटेका मान्छेलाई कहाँ-कहाँ छुटे भनेर टिपेर ल्याउन बनाएको। कोही मान्छेलाई तलब सुविधा दिनलाई राखेको होइन।
कुनै एउटा निश्चित जात मात्र हुनुहुन्न भन्ने त्यति पनि बुद्धि छैन। अनि समावेशी आयोग हाँकेर बस्ने। पाँच जनामा पाँचै जना मान्छे हेर्नुस्। आज हामी संसारमा जहाँसुकै जाउँ दुई वटा कुरा असाध्यै नराम्रो छ मलाई लागेको। एउटा हाम्रो गरिबी र अर्को हाम्रो जात व्यवस्था।
हाम्रोमा भएको गरिबीले जहाँसुकै घुम्न हीनता बोध हुन्छ। जतिसकै राम्रो ठाउँमा जानुस जुनसुकै स्टेटसमा जानुस् तपाईं, गरिबीले तपाईंलाई ठाउँठाउँमा हान्छ। सबैभन्दा दुःख लाग्ने कुरा छ भने यदि तपाईंलाई सम्मान गरेको ठाउँमा थाहा पाएर हाम्रोमा जात व्यवस्था छ। जातीय रुपमा हामी दलित, यी कथित उच्च र साना जात भन्नेहरू छौँ। हामीमा छुवाछुत ठानेर असाध्यै घृणा गर्छन्।
अरु पनि छन् तर मुख्य त यहीँ दुई वटा कुरा हुन्। यो नहोस् भन्ने परिकल्पना हो हाम्रो। तर यो परिकल्पना यति सजिलै पूरा हुनेबला देखिँदैन। यसर्थ अब हामीले बुझ्नपुर्छ, के कुराले हामीलाई बहिष्करण गरेको छ? कहाँ-कहाँबाट हामी बहिष्करणमा परको छौँ? के-के कुराले हामीलाई समावेश गर्दैन? त्यो कुरा आएर बुझ्नुपर्छ।
राष्ट्रवाद यस्तो अमूर्त बनाइन्छ। त्यो सबैभन्दा बहिस्करण गर्ने चिज हो भन्ने कुरा पश्चिम युरोपदेखिको सारा इतिहास हुर्नभयो वा मान्छेले भोगेको दुःख हेर्नुभयो भने त्यसले हामीलाई बहिष्करण गर्छ। हामीले जो सुसंस्कृत भनेर हामीले भन्ने गरेको, क्लेम गर्ने गरेको। हाम्रो संस्कृतिले धेरै मान्छेलाई बहिष्करणमा पारको छ।
आज दक्षिण एसियामा सबैभन्दा राम्रो संविधान भनिरहेका छौँ। व्यवस्थाका रुपमा त धेरै राम्रो व्यवस्था हो। त्यसमा अझै परिस्कृत गर्दै विकसित गर्दै लाने हो त्यो अफ्नो ठाउँमा छ। आज हामीले जे पाएका छौँ व्यवस्थाका हिसाबमा हो। यी सबै हुँदा पनि हाम्रो समाजको र हाम्रो मान्छेहरूको हाम्रो राज्यको मूलभूत चरित्र परिवर्तन किन हुन नसकेको होला? मुख्य प्रश्न यो हो। जुन दिन हामीले यो प्रश्नको जवाफ पाउँछौँ मलाई लाग्छ हामीलाई धेरै काम गर्न सजिलो हुनेछ। अथवा हामी त्यसको समाधानतिर लाग्छौँ।
प्रश्न अड्केको छ। के भैरहेको छ हामीलाई थाहा छैन। हुनुपर्ने हो नि त ०७२ सालको संविधान आएकै आज दोस्रो कार्यकालको संसदमा हामी आफै नै बसिरहेका छौँ होइन? यसो भनिरहँदा केही मान्छेहरूले तर्क गर्छन् कि केही त भएको छैन कि? केही नै नभएको पनि मैले भन्न खोजेको होइन। हुनुपर्ने कुरा भएन।
धेरै कुरा भए, त्यहाँ हाम्रा कारणले भएन फेरि। त्यो वैश्विक कारणले भयो। तपाईंको हातमा असाध्यै राम्रो मोबाइल छ, तपाईं चलाउनुहुन्छ, इन्टरनेट एकदम इजी भएको छ। यो हाम्रो कारणले भएको होइन। यो वैश्विक परिवर्तनसँगै आएको कुरा हो। यो भूमण्डलीकरणले ल्याएको कुरा हो।
हामीले गर्यौं के त? हामीले गर्नुपर्ने कुरा गर्यौं कि गरेनौँ? हामीले गर्नुपर्ने कुरा हामीले धेरै गरेनौँ। जसले हामीले सोचेजस्तो हाम्रो समाज बन्न सकेन भन्ने कुरामा प्रत्येक पुस्तालाई एक खालको हीनताबोध र आत्मग्लानी छ। अलिकति सेचत पुस्तालाई हुन्छ। कमसेकम मैले नै देख्ने गरी समाज यस्तो मिलदिए हुन्थ्यो, देश उभो लागदिए हुन्थ्यो, आर्थिक रुपमा सम्पन्न भइदिए हुन्थ्यो। यी यावत कुराहरू।
धेरै हिसाबमा हामीले समावेशी लोकतन्त्र भनेर संविधानमा जे लेखे पनि, हामीले सार्वजनिक ठाउँमा जे-जति ठूला बौद्धिक विमर्श गरे पनि चरित्रका हिसाबमा हामी समावेशी हुन सकेका छैनौँ। समावेशितालाई हामीले जीवन व्यवहार बनाउन सकेका छैनौँ। मैले सुरुमा भनेजस्तो समावेशिताको परिकल्पना यो परिकल्पना बनाउनुपर्छ। किनकी यो यथार्थ बनाउनुपर्छ।
यो यर्थाथ नहुँदासम्म हामी समृद्ध हुँदैनौँ, हामी शान्त हुँदैनौँ। अभ्यास हाम्रो कस्तो छ भने समावेशी आयोगलाई मात्र हेरे पनि हाम्रो समावेशिताको अभ्यास बुझिन्छ। हामीले समावेशिताको परिकल्पना भने पनि राज्यले कल्पना मात्र गरेको हो जुन यथार्थ नहुन सक्छ। र, त्यो यदि परिकल्पना गरकेो हो भने परिकल्पना जसले गर्नुपर्ने हो, त्यसले गरेको होइन।
त्यसकारण पनि यो यर्थाथ हुनु वा नहुनुसँग यिनीहरूलाई खासै सरोकार छैन भन्ने मेरो बुझाइ हो। हिंसा र अहिंसा तपाईंको हाम्रो छनौट होइन। यो व्यवस्थाले, अन्यायले, उत्पीडनले समाजलाई कता लान्छन् भन्ने कुरा हामी जान्दैनौँ।
उत्पीडनभित्र परिरहँदा सक्ने ठाउँसम्म सहने हो, नसक्ने ठाउँसम्म जाँदा के हुन्छ इतिहासले पनि देखाउँछ।