चर्चित भारतीय कमेडियन कपिल शर्माको लोकप्रिय शो 'द ग्रेट इन्डियन कपिल शो' को चौथो सिजनको घोषणा भएको छ।
नेटफ्लिक्स इन्डियाले हालै टिजर भिडिओ सार्वजनिक गर्दै शोको नयाँ सिजनको मिति घोषणा गरेको हो।
यो शो ओटीटी प्लेटफर्म नेटफ्लिक्समा प्रसारणमा आउनेछ। यही डिसेम्बर २० देखि हरेक हप्ता नेटफ्लिक्समा शो स्ट्रिमिङ हुने भएको हो। सार्वजनिक टिजरमा कृष्णा अभिषेक र किकु शारदा रमाइलो शैलीमा देखा परेका छन्।
टिजरअनुसार चौथौं सिजनमा नवजोत सिंह सिद्धू, सुनिल ग्रोवर, अर्चना पुरन सिंह, कृष्णा अभिषेक र किकु शारदा लगायतका कलाकारहरूले आफ्नो कमेडीमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।