भारतीय अभिनेता शाहरूख खानले पहिलो पटक अभिनयका लागि राष्ट्रिय अवार्ड पाएका छन्।
भारतको ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा शाहरूखलाई सन् २०२३ को ब्लकबस्टर 'जवान' मा गरेको अभिनयका लागि प्रतिष्ठित राष्ट्रिय अवार्ड प्रदान गरिएको हो।
मंगलबार दिल्लीमा आयोजित समारोहमा शाहरूखले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुबाट यो सम्मान ग्रहण गरे।
यो सम्मान उनको ३० वर्षभन्दा लामो करियरमा पहिलो राष्ट्रिय अवार्ड हो। एटलीको 'जवान' मा उनको अभिनयलाई समीक्षक र दर्शक दुवैले प्रशंसा गरेका थिए।
७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा शाहरूखसँगै विक्रान्त मेसीले उत्कृष्ट अभिनेताको पुरस्कार पाए। रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको पुरस्कार दिइयो। समारोहमा मलयालम फिल्मका अभिनेता मोहनलाललाई भारतको सिनेमा क्षेत्रको सर्वोच्च दादासाहेब फाल्के पुरस्कारबाट सम्मान गरियो।
७१ औं राष्ट्रिय चलचित्र पुरस्कारको विजेता सूची
फिचर फिल्म श्रेणीः
स्पेशल मेन्सनः एनिमल (पुनः रेकर्डिङ मिक्सर) – एमआर राधाकृष्णन
सर्वश्रेष्ठ तेलुगु फिल्मः भगवन्थ केसरी
सर्वश्रेष्ठ तमिल फिल्मः पार्किङ
सर्वोत्कृष्ट पञ्जाबी फिल्मः गोडे गोडे चा
सर्वश्रेष्ठ ओडिया फिल्मः पुष्करा
सर्वोत्कृष्ट मराठी फिल्मः श्यामची आई
सर्वश्रेष्ठ मलयालम फिल्मः उल्लोझुक्कु
सर्वश्रेष्ठ कन्नड फिल्मः कन्डेलु (द रे अफ होप)
सर्वोत्कृष्ट हिन्दी फिल्मः कथलः अ ज्याकफ्रुट अफ मिस्ट्री
सर्वश्रेष्ठ गुजराती फिल्मः वाश
सर्वश्रेष्ठ बंगाली फिल्मः डीप फ्रिज
सर्वोत्कृष्ट असमिया फिल्मः रंगटापु १९८२
सर्वोत्कृष्ट एक्सन निर्देशकः हनु–म्यान (तेलुगु)
सर्वोत्कृष्ट कोरियोग्राफीः रकी और रानी की प्रेम कहानी
उत्कृष्ट गीतः बालागम
सर्वश्रेष्ठ संगीत निर्देशनः वाथी (तमिल)
उत्कृष्ट मेकअप, कस्ट्युम डिजाइनरः साम बहादुर
सर्वश्रेष्ठ उत्पादन डिजाइनरः २०१८– एभ्री वान इज अ हिरो (मलयालम)
उत्कृष्ट सम्पादनः पुकलम (मलयालम)
उत्कृष्ट ध्वनि डिजाइनः एनिमल
उत्कृष्ट छायांकनः द केरला स्टोरी (हिन्दी)
उत्कृष्ट महिला पाश्र्व गायिकाः जवान
उत्कृष्ट पुरूष पाश्र्व गायकः बोबी
सर्वोत्कृष्ट अभिनेत्री सहायक भूमिकाः उल्लोझुक्कु (उर्वशी), वश (जानकी)
सर्वोत्कृष्ट अभिनेता सहायक भूमिकाः पुकलम (विजयराघवन), पार्किङ (मुथुपेटाई)
उत्कृष्ट अभिनेत्रीः रानी मुखर्जी
उत्कृष्ट अभिनेताः शाहरूख खान, विक्रान्त मेसी