बलिउड अभिनेत्री परिणिती चोपडा छिट्टै आमा बन्ने भएकी छन्। उनले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।
परिणिती र उनका श्रीमान तथा आम आदमी पार्टीका नेता राघव चड्ढाले आधिकारिक इन्स्टाग्राममा एक पोस्ट गर्दै आमाबुवा बन्न लागेको खुसीयाली साटेका छन्।
उनीहरूले एउटा केकको तस्बिर पनि सेयर गरेका छन् जसमा '१+१=३' लेखिएको छ। यसमा सानो बच्चाको पैतालाको छाप समेत देख्न सकिन्छ।
परिणिती र राघवले एक अर्काको हात समातेर हिँडिरहेको भिडिओ पनि पोस्ट गरेका छन्।
यतिबेला बलिउड कलाकार तथा उनीहरूका फ्यानहरूले परिणिती र राघवलाई बधाइ दिइरहेका छन्। यो जोडीको विवाह सन् २०२३ को सेप्टेम्बरमा भएको थियो।