बलिउडका चर्चित अभिनेता चंकी पाण्डेले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
उनले मन्दिरमा पूजाआजा गरेकोसहित मन्दिर परिसरमा खिचाएको तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्।
तस्बिरहरू राख्दै उनले लेखेका छन्, – 'श्रावण महिनामा पशुपतिनाथको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महशुस भयो।'
दर्जनौं फिल्ममा अभिनय गरेका चंकीको आगामी फिल्म 'सन अफ सरदार २' आउँदो शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ।
