दिग्गज भारतीय अभिनेता, निर्माता तथा निर्देशक धीरज कुमारको ७९ वर्षको उमेरमा निधन भएको छ।
मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
श्वासप्रश्वासमा समस्या आएपछि धीरज कुमारलाई शनिबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनलाई निमोनिया भएको थियो।
धीरज कुमारले 'बहारों फूल बरसाओ', 'रतोनका राजा', 'हिरा पन्ना', 'रोटी कपडा और मकान', 'रंग खुसी' जस्ता भारतीय फिल्ममा अभिनय गरेका छन्।
उनले 'ओम नमः शिवाय' र 'अदालत' जस्ता हिट टेलिभिजन कार्यक्रमहरू निर्माण गरेका छन्।
उनको अन्तिम संस्कार बुधबार गरिने परिवारले जनाएको छ।