वेब सिरिज दुनियाँमा 'हाथीराम' बनेर तहल्का मचाउने अभिनेता जयदीप अहलावतले मुम्बईमा घर किनेका छन्।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनी र उनकी श्रीमती ज्योति हुड्डाले मुम्बईको अंधेरी वेस्ट इलाकामा १० करोड भारूको एक अपार्टमेन्ट किनेका छन्। यो अपार्टमेन्ट मे २०२५ मा रजिस्टर गरिएको छ।
२१७. ४७ वर्ग मिटरमा फैलिएको अपार्टमेन्टमा ४ कार पार्किङ एरिया सामेल छ। जयदीपले जुन एरियामा अपार्टमेन्ट किनेका छन्। त्यहाँ पश्चिमी एक्सप्रेस हाईवे, लिंक रोड र एसवी रोड सहित केही मुख्य सडकसँग जोडिएको छ।
जयदीप पछिल्लो समय सैफ अली खानसँग नेटफ्लिक्स फिल्म 'ज्वेल थिफ' मा देखिएका थिए। उनले 'रईस, राजी, पाताल लोक, महाराज, जाने जान, सन्दीप और पिंकी फरार, अजीब दास्तान, थ्री अफ अस, एन एक्सन हीरो, कमान्डोः ए वन म्यान आर्मी, ग्याङ अफ वासेपुर' लगायतमा अभिनय गरेका छन्।