बलिउड अभिनेता श्रेयस तलपडे हालै हरर कमेडी फिल्म 'कपकपी' मा देखिएका थिए। यस फिल्ममा उनी र तुषार कपूर देखिएका थिए।
श्रेयस 'हाउसफुल ५' मा पनि देखिँदैछन्। उनले भारतीय सञ्चारमाध्यम दैनिक भास्करसँग भविष्यको योजनाबारे खुलेर कुराकानी गरेका छन्।
यसैक्रममा उनले आफू 'द इन्डिया स्टोरी' मा सोलो हीरोको रूपमा देखिन लागेको बताए। फिल्ममा उनीसँगै काजल अग्रवालको मुख्य भूमिका रहनेछ। साथै उनी मराठीको एक बायोपिक फिल्मको तयारीमा रहेको बताए।
यो फिल्म अर्काे वर्ष प्रदर्शन हुनेछ।