भारतीय गायक राहुल वैद्यले बिहेमा नगाउने भन्दै ५० लाख भारूको अफर अस्वीकार गरेका छन्।
उनलाई तुर्कीमा ५ जुलाईमा एक विवाहमा प्रस्तुति दिन भनिएको थियो।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्ससँग कुराकानी गर्दै राहुलले भनेका छन्, 'यो अफर निकै ठूलो थियो। उनीहरू मलाई ५० लाख भारू दिन तयार थिए। तर मैले देशभन्दा ठूलो पैसा होइन भनेर अफर अस्वीकार गरे। मलाई यस्तो देशमा रूचि छैन, जुन भारतको विरोधी हो।'
उनले थप्दै भने, 'भारतीय तुर्कीमा धेरै पैसा खर्च गर्छन्। उनीहरू घुम्न जान्छन्, त्यहाँ विवाह गर्छन्। जसले करोडौं फाइदा हुन्छ। तर उनीहरू भारतको विरोध गरिरहेका छन्। यस्तो देशमा आफ्ने पैसा किन लगाउनु जो हाम्रो देशको विरूद्ध छ?'