दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना लामो समयदेखि प्रेम सम्बन्धमा छन्।
हालै विजयले आफ्नो प्रेम सम्बन्ध र विवाहको योजनाबारे कुराकानी गरेका छन्।
उनले फिल्मफेयर म्यागेजिनलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, 'म विवाह गर्छु। तर अहिले म पार्टनरको खोजीमा छैन। मैले रश्मिकासँग धेरै फिल्म खेलेको छैन। उनीसँग अझै फिल्म खेल्न चाहन्छु। उनी एक राम्री अभिनेत्री हुन्। उनी सुन्दर महिला हुन् त्यसैले केमेस्ट्रीमा कुनै समस्या हुँदैन। उनी निकै मेहनती छिन्। उनी आफ्नो इच्छा र आत्मबलले कुनै पनि चिजलाई हराउन सक्छिन्। उनी दयालु छिन्।'
रश्मिका र विजय दुई सुपरहिट फिल्ममा सँगै काम गरिसकेका छन्। 'गीता गोविन्दम' र 'डियर कमरेड' फिल्ममा उनीहरूको जोडी खुब रूचाइएको थियो।