'कान्तारा २' अभिनेता राकेश पुजाराको मृत्यु भएको छ।
उनले केही दिनअघि मात्रै 'कान्तारा २' को छायांकन सकेका थिए। ११ मेमा उनी आफन्तको मेहेन्दी समारोहमा सहभागी भएका थिए। जहाँ उनी आफ्ना साथीसँग कुराकानी गरिरहेका थिए। त्यतिबेला उनी अचानक बेहोस भएर लडे। उनलाई तुरून्तै अस्पताल लगिएको थियो, जहाँ उनलाई डाक्टरले मृत घोषित गरेका थिए।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार ३४ वर्षका अभिनेता कर्नाटकको करकलामा मेहेन्दी समारोहमा पुगेका थिए। उनी उडुपीमा बस्थे।
उनको अन्तिम संस्कार करकलामा गरिएको थियो।
राकेशले 'कान्तारा १' मा पनि अभिनय गरेका थिए। उनले दक्षिण भारतीय फिल्म 'पेटकम्म, अम्मेर पुलिस, पम्मना द ग्रेट, उमिल, इलोकेल' जस्ता फिल्ममा अभिनय गरिसकेका छन्।