'इन्डियन आइडल १२' का विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार आएको छ।
नोएडाको फोर्टिस हस्पिटलमा उपचाररत पवनदीपको स्वास्थ्यमा सुधार आएको भारतीय सञ्चारमाध्यम आजतकमा उल्लेख छ।
पवनदीपले इन्स्टाग्राममा हस्पिटलमा गीत गाइरहेको भिडिओ सेयर गरेका छन्। उक्त भिडिओ सेयर गरेपछि उनका फ्यानहरूले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
उनी एक हप्ताभित्र डिस्चार्ज हुनेछन्। उनको ५ मेमा कार दुर्घटना भएको थियो। उनको उत्तराखन्डबाट दिल्ली जाँदै गर्दा कार दुर्घटना भएको हो। यस दुर्घटनामा पवनदीप राजनसँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह बौहर घाइते भएका छन्। उनीहरू उत्तराखण्डको चन्पावतमा बस्थे।
करिब रातको २:३० बजे कार चलाइरहेका ड्राइभरलाई निद्रा लागेपछि दुर्घटना भएको बताइएको छ।