केही समयअघि हिन्दी फिल्म समीक्षक केआरकेले एक भिडिओ सार्वजनिक गर्दै गायक मिका सिंहलाई अनपढ, गधा जस्ता शब्द प्रयोग गरेका थिए। साथै मिका र कपिल शर्मालाई उनको गार्डले थप्पड हानेको बताएका थिए।
अब यस कुरामा मिका सिंहले आफ्नो प्रतिक्रिया दिएका छन्। 'केआरके मेरो बच्चा हो। न्यू इयरमा उसलाई म्यासेज गरेको थिए, ह्याप्पी न्यू इयर। मलाई सिधै गाली दिन मन थियो। तर उसको परिवारले सुन्छन् भनेर केही भनिनँ। मैले उसलाई म धेरै माया गर्छु। मुम्बईमा जब आउँछौं तब म थप्पड हान्छु। यो जहाँ भन्नु छ भने हुन्छ, ह्याप्पी न्यू इयर।'
केआरकेले जबाफमा भने, 'ह्याप्पी न्यू इयर भाइ, म लण्डनमा छु।'
मिका र केआरकेको विवाद सलमान खानको फिल्म 'राधे' बाट भएको थियो। सलमानले नकारात्मक समीक्षाको कारण केआरकेविरूद्ध नोटिस पठाएका थिए। त्यतिबेला मिकाले सलमानको पक्ष लिएका थिए।