बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी प्रेममा परेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी पूर्व क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग प्रेममा परेका हुन्।
पछिल्लो समय उनीहरू एकसाथ घुमिरहेका छन्। तर सिद्धान्त र साराले केही पुष्टि गरेका छैनन्।
'सिद्धान्त र साराको मित्रता अहिले सुरूवाती चरणमा छ। त्यसैले उनीहरू यो खबर बाहिर आउन दिन चाहदैनन्,' एक स्रोतले भारतीय सञ्चारमाध्यम दैनिक जागरणसँग भनेका छन्।
केही समयअघि सारा क्रिकेटर शुभमन गिलसँग डेट गरिरहेकी थिइन्। तर उनीहरूको ब्रेकअप भएको छ।
त्यस्तै सिद्धान्त पनि यसअघि अमिताभ बच्चनकी नातिनी नव्या नवेलीसँग प्रेम सम्बन्धमा थिए।
अभिनेता सिद्धान्त 'धडक २' मा देखिँदैछन्। यस फिल्ममा उनी तृप्ति डिमरी देखिँदैछन्। शाजिया इकबाल निर्देशित फिल्म १८ जुलाईमा रिलिज हुनेछ।