भारतका चर्चित अभिनेता हुन् मनोज बाजपेयी।
उनले तीन दशकको करियरमा निकै शानदार फिल्म दिएका छन्। उनले आफ्नो अदाकारीबाट थुप्रै दर्शकको मन जितेका छन्। तर उनी आफ्नो पहिलो विवाह दुई महिनामै टुट्दा निकै निराश भएका थिए।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार विवाह असफल भएपछि उनले आत्महत्या गर्ने सोचेका थिए। तर उनका साथीहरूले ज्यान बचाए।
एक्ट वन थिएटर ग्रुपमा मनोजको भेट दिव्या नामको एक केटीसँग भएको थियो। दिव्या त्यतिबेला दिल्लीमा ग्रेजुएशन गरिरहेकी थिइन्। थिएटरको तर्फ उनको झुकाव थियो। उनी एक्ट वन थिएटर ग्रुपमा रिहर्सल गर्न आउँथिइन्। दिव्या निकै सुन्दर र उनको आवाज निकै राम्रो थियो। पहिलो नजरमै मनोजलाई दिव्यासँग माया बसेको थियो।
दुईको भेटघाट बढ्दै गयो, पछि कुरा विवाहसम्म पुग्यो। दिव्या दिल्लीको ठूलो सम्पन्न परिवारकी थिइन्। मनोज संघर्ष गरिरहेका थिए। उनको आर्थिक स्थिति ठीक थिएन। त्यही भएर दिव्याका परिवारले विवाह गर्न बताएका थिए। मनोजको परिवारमा यस विवाहलाई लिएर खुशी थिएनन्।
दिव्याको परिवारले लगातार धम्की दिइरहेका थिए। तर उनले धम्कीलाई खासै वास्ता गरेनन्। उनीहरूले लक्ष्मी नगरको एक मन्दिरमा विवाह गरे। विवाहपछि मनोजको आर्थिकस्थिति यति बिग्रियो कि उनीहरूलाई घर चलाउनै मुस्किल पर्याे। त्यसपछि उनीहरूले दुई महिनामै सम्बन्ध विच्छेद गरे।