फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपले बलिउड छाड्ने निर्णय गरेका थिए।
कश्यपको बयानले रिसाएर अभिनेत्री पायल घोषले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बलिउडबाट टाढा रहन बताएकी छन्।
'बलिउडबाट भाग्नु वा टाढा रहनु उचित निर्णय हो अनुराग कश्यप। बलिउड तपाई बिना खुसी छ। तपाई यहाँबाट टाढा रहनु। कर्म नराम्रो भएपछि नराम्रै फल पाइन्छ,' उनले लेखेकी छन्।
अनुराग कश्यपले बलिउडमा राम्रो कलाकारभन्दा पनि स्टार बनाउन बढी ध्यान दिएको भन्दै बलिउड छाड्ने निर्णय गरेको बताएका थिए।
'अहिले बलिउडमा सिक्वेल मात्रै बनिरहेको छ। फिल्ममेकर्स केही नयाँ गरिरहेका छैनन्। अभिनेतालाई लोभ देखाएर स्टार बनाइरहेका छन्। जसबाट उनीहरू पैसा कमाउन सकूनँ। कलाकारलाई वर्कशप पठाउनुको सट्टा जिम पठाइरहेका छन्,' उनले भनेका थिए।