भोजपुरी अभिनेत्री अक्षरा सिंह र उनका श्रीमान विपीन सिंहविरूद्ध धोकाधडीको उजुरी दर्ता भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बेगूसराय अदालतले उनीहरूलाई समन पठाएको छ। दुवैलाई अदालतमा छिट्टै उपस्थित हुन अनुरोध गरिएको छ।
एक कार्यक्रमको सञ्चालकले उनीहरूविरूद्ध पारिश्रमिक लिएर पुरा प्रस्तुति नदिएको आरोप लगाएका छन्।
अक्षरा सिंह र उनका पति विपीन सिंहविरूद्ध सन् २०२३ मा एक शोसँग जोडिएको मामिलामा उजुरी दर्ता गरिएको हो। उजुरीकर्ता शिवेश मिश्राको अनुसार अक्टोबर २०२३ मा अक्षरा र विपीनलाई समस्तीपुर जिल्लाको एक गाउँमा दुर्गा पूजाको कार्यक्रममा प्रस्तुति दिन बोलाइएको थियो। यस कार्यक्रमको लागि उनीहरूले ५ लाख ५१ हजार भारू पारिश्रमिक लिएका थिए।
उनीहरूको प्रस्ततिको क्रममा दर्शकले पैसा फ्याक्न सुरू गरे। त्यसपछि रिसाएर अक्षरा सिंहले प्रस्तुतिबीच मै रोकेर मञ्चबाट झरेकी थिइन्। जब उनलाई कार्यक्रम सञ्चालकले प्रस्तुति जारी राख्न अनुरोध गर्दा अस्वीकार गरेकी थिइन्।