बलिउड अभिनेता ऋतिक रोशन घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनी उनी 'वार २' छायांकनको क्रममा घाइते भएका हुन्। चिकित्सकले उनलाई करिब १ महिना आराम गर्न सल्लाह दिएका छन्।
ऋतिक घाइते भएपछि फिल्मको छायांकन पोस्टपोन गरिएको छ। अभिनेता ऋतिक र दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर एक हाई एनर्जीको गीत छायांकन गरिरहेका थिए। अब यस गीत मेमा छायांकन गरिनेछ।
अभिनेता ऋतिक आफ्नै घरमा गीतको रिहर्सल गरिरहेका थिए। त्यसै क्रममा उनको घुँडामा चोट लागेको हो।
अयान मुखर्जीले निर्देशन गर्न लागेको फिल्ममा ऋतिक रोशन, जुनियर एनटिआर, कियारा आडवाणीको मुख्य भूमिका हुनेछ। यो फिल्म १५ अगस्तदेखि प्रदर्शन हुनेछ।