क्रिकेटर सौरव गांगुलीको बायोपिक फिल्म बन्ने भएको छ।
फिल्ममा सौरव गांगुलीको भूमिका राजकुमार रावले निर्वाह गर्नेछन्। उक्त कुरा सौरव आफैंले खुलाएका हुन्।
'यस फिल्ममा राजकुमार रावले मुख्य भूमिका निर्वाह गर्नेछन्। तर डेटलाई लिएर केही समस्या देखिएको छ। त्यसैले यो फिल्म प्रदर्शन हुन १ वर्षभन्दा धेरै समय लाग्ने छ,' उनले भने।
भारतमा सचिन तेन्दुलकरलाई क्रिकेटको भगवान मानिन्छ भने सौरव गांगुलीलाई क्रिकेटको महाराज भनिन्छ। दादाको नामले परिचित सौरवले क्रिकेटमा आफ्नो अलग पहिचान बनाएका छन्। उनले आफ्नो करियरमा ११३ टेस्ट म्याच र ३११ ओडी म्याच खेलेका छन्।
राजकुमार राव यतिबेला 'स्त्री २' को सफलताको आनन्द लिइरहेका छन्। उनीसँग सौरव गांगुलीको बायोपिक बाहेक कमेडी फिल्म 'भूल चूक माफ' मा देखिनेछन्।