टिभीकी क्वीनको नामले परिचित एकता कपूरले सानो पर्दामा थुप्रै सुपरहिट शोज बनाएकी छन्।
हालै उनी आफ्नो ओटिटी प्लेटफर्म आल्ट बालाजी पनि सञ्चालन गरिरहेकी छन्। ओटिटीमा बोल्ड कन्टेन्ट हालेको भन्दै उनले धेरै पटक कानुनी समस्या झेलिरहेकी छन्। अब एकताविरूद्ध एक बोल्ड शोमा भारतीय सेनाको अपमान गरेको आरोप लागेको छ।
एकता कपूरमाथि उनको वेब सिरिज 'एक्सएक्सएक्स' मा भारतीय सैनिकको अपमान गरेको आरोप छ। यो आरोप युट्युब विकास पाठकले लगाएका हुन्। जो 'हिन्दुस्तानी भाऊ' नामले परिचित छन्। विकास पाठकले एकता कपूर, उनको ओटिटी प्लेटफर्म आल्ट बालाजी र उनको आमाबुबा (जीतेन्द्र र शोभा कपूर) विरूद्ध बान्द्रा मजिस्ट्रेट अदालतमा उजुरी दर्ता गराएका छन्।
यस केसमा १५ फेब्रुअरीमा अदालतले प्रहरीलाई यस मामिलामा जाँच गर्न आदेश दिएको थियो। अब ९ मेसम्म रिपोर्ट पेश गरिनेछ। जाँचपछि उनीमाथि कारबाही हुन सक्छ।