बलिउड अभिनेता साहिल खानले दोस्रो विवाह गरेका छन्।
भ्यालेन्टाइन्स डेको अवसरमा दुबईको बुर्ज खलिफामा उनले आफ्नी प्रेमिका मिलेना एलेक्जेन्ड्रासँग विवाह गरेका हुन्। उनले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।
'अन्ततः विवाह भयो। बधाई र शुभकामनाका लागि धन्यवाद। मेरा सबै प्रियजनहरूलाई भ्यालेन्टाइन्स डेको शुभकामना। सबैले जीवनमा प्रेम, खुशी र सफलता पाउन्', उनले लेखेका छन्।
साहिल खान ४८ वर्षका छन् भने मिलेना २२ वर्षकी छिन्।
साहिल खानले पहिलो विवाह २००४ मा इरानी अभिनेत्री नेगर खानसँग गरेका थिए। तर उनीहरूको विवाह एक वर्षभन्दा कम समय मात्र टिक्यो र २००५ मा उनीहरूको सम्बन्धविच्छेद भयो।
उनले फिल्म 'स्टाइल' र 'एक्सक्युज मी' मा अभिनय गरेका छन्।