अभिनेत्री राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आइरहन्छिन्।
यस पटक उनी भारतमा मात्र नभई पाकिस्तानमा पनि चर्चामा आएकी छिन्। रितेश सिंह र आदिल खान दुर्रानीपछि उनी तेस्रो विवाह गर्दैछिन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी पाकिस्तानका डोडी खानसँग तेस्रो विवाह गर्ने तयारीमा छिन्। उनले एक अन्तर्वार्तामा तेस्रो विवाहको बारेमा खुलासा गरेकी हुन्।
'मलाई थुप्रै प्रस्ताव आएको थियो। जब म पाकिस्तान गएपछि उनले मेरो पछिल्लो विवाहमा मैले कस्तो समस्या भोगे भन्ने कुरा बुझेंं। म निश्चित रूपमा यस्तै मान्छेको प्रपोजल छान्छु,' उनले भनेकी छन्।
उनले आफ्नो विवाहको योजनाबारे बताउँदै भनिन्, 'भारतीय र पाकिस्तानी एक-अर्का बिना बस्न सक्दैनन्। मलाई पाकिस्तानी मान्छे धेरै मन पर्छ। त्यहाँ मेरो थुप्रै फ्यान छन्। मेरो विवाह इस्लामिक रीति-रिवाज अनुसार हुनेछ। रिसेप्सन भारतमा हुन्छ र हामी हनिमुनको लागि स्विट्जरल्याण्ड र नेदरल्याण्ड जानेछौं।'
राखीका अनुसार डोडीसँग विवाहपछि उनी दुबईमा बस्नेछिन्। डोडी अभिनेता तथा निर्देशक हुन्।