बंगलादेशमा बलिउड अभिनेत्री कंगना रनावतको फिल्म 'इमरजेन्सी' को प्रदर्शन रोकिएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भारत र बंगलादेशबीच चलिरहेको तनावपूर्ण स्थितिले फिल्मको प्रदर्शन रोकिएको हो। यो रोक्नुको कारण फिल्मको विषयवस्तु कम र दुई देशबीचको राजनीतिक स्थिति बढी रहेको बताइएको छ।
फिल्ममा स्वतन्त्रता सेनानी र बंगलादेशको पहिलो राष्ट्रपति शेख मुजीबुर रहमानको हत्या देखाइएको छ। जसलाई फादर अफ बंगलादेश भनिन्छ। उनको बंगलादेश र पाकिस्तान विभाजनमा मुख्य भूमिका छ। त्यसैले बंगलादेशमा यो फिल्मको प्रदर्शन रोकिएको हो।
यो फिल्म १७ जनावरीमा रिलिज हुँदैछ।
प्रधानमन्त्री गान्धीले देशमा 'इमरजेन्सी' घोषणा गरेको समयलाई फिल्ममा प्रस्तुत गरिएको छ। उनले सन् १९७५ जुन २५ देखि १९७७ मार्च २१ सम्म आपतकालीन समय घोषणा गरेकी थिइन्। फिल्मलाई कंगनाले आफैले निर्देशन गरेकी हुन्।
फिल्ममा कंगनासँगै श्रेयस तलपडे, अनुपम खेर, मिलिन्द सोमन, महिमा चौधरी, सतीश कौशिकलगायत कलाकारको अभिनय छ।