यतिबेला बलिउड अभिनेता अनुपम खेर आगामी फिल्म 'इमरजेन्सी' प्रदर्शनको पखाईमा छन्।
गतवर्ष उनले फिल्म 'सिग्नेचर' र 'विजय ६९' जस्ताबाट चर्चा पाए। यसबारेमा अनुपमले भने, 'म यस्तो दौडमा छु, अब राम्रो काम मात्र गर्न चाहन्छु। यदि तपाईले आफ्नो आवश्यकतालाई सीमित गर्दिनु भयो भने त्यसबाट खुशी पाइन्छ। दुनियाँको कुनै ताकतले रोक्न सक्दैन।'
उनले थप्दै भने, 'काम गर्दै गर्नु, हरेक चिज कामले नै परिवर्तन हुन्छ। कामबाटै काम पाइन्छ। तर त्यो काम गर्नु, जुन तपाई सिद्धान्तको विपरित नहोस्। काम सानो या ठूलो हुँदैन। तपाईलाई थाहै हुँदैन, कहिले के चल्छ? यो मेरा पेसाको सबैभन्दा डर लाग्दो तर राम्रो कुरा हो। फिल्म बनाउँदा कुनै नियम हुँदैन, बस इमानदार हुनुपर्छ। मसँग नचाहिदो कुराका लागि समय छैन। म कहिले बक्स अफिसको जालमा फस्दिनँ। यदि यस चिजमा तपाईको नियन्त्रण छैन भने तपाई के गर्न सक्नुहुन्छ। तपाई आफ्नो काममा मात्रै ध्यान दिनुस्।'
अनुपम खेर अभिनीत फिल्म 'इमरजेन्सी' १७ जनावरीदेखि फिल्म हलमा रिलिज हुँदैछ। फिल्ममा कंगना रनावतको मुख्य भूमिका छ। फिल्मलाई कंगनाले नै निर्माण तथा निर्देशन गरेकी हुन्।