बलिउड अभिनेत्री तृप्ति डिमरी आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा छिन्।
यसैबीच उनी आफ्नो प्रेमी साम मर्चेन्टसँग छुट्टी मनाउन गएकी छन्। उनले आफ्नो केही तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।
उनले तस्बिर सार्वजनिक गरेसँगै प्रेम सम्बन्धमा रहेको चर्चा चलेको हो। तृप्ति हाल फिनल्याण्डमा छुट्टी मनाइरहेकी छन्। सामाजिक सञ्जालमा फोटो र भिडिओ सेयर गर्दै उनले लेखेकी छन्, 'आज मेरो जीवनको सबैभन्दा खुसीको अध्याय हो।'
साम एक मोडल हुन्। उनले सन् २००२ मा ग्लाड्राग्स म्यानहन्ट प्रतियोगिता जितेका थिए। मोडल हुनुका उनी एक व्यवसायी पनि हुन्। साम गोवास्थित कासावार्टर्स र एव्रे गोवा फर्मका मालिक हुन्।
तृप्तिले आफ्नो अभिनय करियरको सुरूआत वर्ष २०१७ मा कमेडी फिल्म 'पोस्टर ब्वाईज' बाट गरेकी थिइन्। उनी पछिल्लो पटक 'भूल भुलैया ३' मा देखिएकी थिइन्।