हालै बलिउड अभिनेता विक्रान्त मासेले अभिनयबाट संन्यास लिने निर्णय गरेका छन्।
यसैबीच उनी जीवन शैली र सम्पत्तिलाई लिएर चर्चामा छन्। १७ वर्षको अभिनय करियरमा विक्रान्तले टिभी शो, वेब सिरिज, फिल्मबाट आफ्नो पहिचान बनाए।
भारतीय सञ्चारमाध्यम ई टाइम्सका अनुसार उनको सम्पत्ति २०-२६ करोड भारूको आसपास छ। उनी एक फिल्मको २ करोड भारू पारिश्रमिक लिन्छन्। उनी लग्जरी लाइफस्टाइलको शोक राख्छन्। उनीसँग महँगा-महँगा गाडी छ।
उनले सानो पर्दाबाट अभिनयमा डेब्यू गरेका थिए। उनले 'धरम वीर, बालिका वधू, कुबूल है' जस्ता टिभि शोमा काम गरेका छन्।
उनले सन् २०१३ मा फिल्म 'लुटेरा' बाट बलिउडमा डेब्यू गरेका हुन्। उनले 'दिल धड्कने दो, छपाक, १२ वीं फेल' जस्ता फिल्ममा अभिनय गरेका छन्। '१२ वीं फेल' बाट उनले निकै तारिफ बटुलेका थिए।
उनी पछिल्लो समय 'द साबरमती रिपोर्ट' मा देखिएका थिए। अब उनी 'यार जिगरी' र 'आँखोंकी गस्ताखियां' मा देखिनेछन्। यी दुवै फिल्म २०२५ मा रिलिज हुनेछ।