बलिउड अभिनेत्री कंगना रनावतको फिल्म 'इमरजेन्सी' ले नयाँ प्रदर्शन मिति पाएको छ।
यो फिल्म सन् २०२५ जनावरी १७ देखि प्रदर्शन हुनेछ। लामो समयदेखि सेन्सर सर्टिफिकेशन मामिलामा फिल्म रोकिएको थियो। ट्रेलर सार्वजनिक भएदेखि नै फिल्मको विरोध भइरहेको थियो।
लगातार शिख समुदायले फिल्मको विरोध गरेपछि सेन्सर बोर्डले सर्टिफिकेट दिएको थिएन। यो फिल्म ६ सेक्टेबरमा प्रदर्शन हुने भनिएको थियो।
फिल्मका सह-निर्माता जी इन्टरटेनमेन्टले बम्बे उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। अब फिल्मलाई सेन्सर बोर्डले सर्टिफिकेट दिएको छ।
कंगना रनावत निर्देशित फिल्ममा उनी भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएकी छन्। फिल्ममा सन् १९७५ देखि १९७७ सम्म भारतमा लागेको २१ महिनाको इमरजेन्सीलाई देखाइएको छ। जसलाई भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएकी थिइन्।
फिल्ममा कंगनासँगै महिमा चौधरी, अनुपम खेर, सतीश कौशिक, मिलिन्द सोमन, श्रेयस तलपन्डेलगायत कलाकारको अभिनय छ।