केही समयअगाडि बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराले आफ्नो प्रेम सम्बन्ध टुंगाएका थिए।
अर्जुनसँग ब्रेकअपबारे पहिलो पटक कुराकानी गरेकी छन्। 'मैले व्यक्तिगत र पेशागत जीवनमा जे छनोट गरें। त्यसलाई मैले जीवनको आकार दिएकी छु। मलाई कुनै पछताव छैन। म आफूलाई भाग्यशाली महसुस गर्छु कि चीज जस्तो थियो त्यस्तै देखिएको छ,' उनले भनेकी छन्।
अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरू भएको हो। जब उनीहरू एकसाथ एक फेसन शोमा देखिए।
मलाइकाको ४५ औं जन्मदिनमा उनीहरूले सम्बन्धलाई पुष्टि गरेका थिए। त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले। 'कफि विथ करण' मा अर्जुनले आफ्नो प्रेम जीवनलाई अलग स्तरमा लैजाने योजना भइरहेको बताएका थिए।