बलिउड अभिनेत्री जुही चावला हाल फिल्म क्षेत्रबाट टाढिएकी छन्।
फिल्म अभिनय नगरे पनि जुहीको कमाइ धेरै छ। भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार उनीसँग ७३१० करोड भारू सम्पत्ति छ।
उनको कमाइ ४६०० करोड भारू छ। उनी फिल्म बाहेक व्यवसायबाट कमाइ गर्छिन्। उनी शाहरूख खानको प्रोडक्सन कम्पनी रेड चिलिज ग्रुपमा पनि सहभागी छिन्। योसँगै उनी आईपिएल टिम कोलकता नाइट राइडर्सको सह-सञ्चालक हुन्। उनी रियल स्टेटमा पनि लगानी गर्छिन्।
उनी आफ्नो श्रीमान जय मेहताको साथमा व्यवसाय गर्छिन्। जुही विभिन्न ब्रान्ड एम्बेस्डरबाट पनि राम्रो कमाइ गर्छिन्।
उनले सन् २००१ मा छोरालाई जन्म दिएकी थिइन्। त्यतिबेला उनले सानो ब्रेक लिएकी थिइन्। त्यसपछि उनले '३ दिवारें, माय ब्रदर निखिल, बस एक पल, स्वामी, भूतनाथ, लक बाय चान्स, सन अफ सरदार, गुलाब ग्याङ' जस्ता फिल्ममा काम गरेकी छन्। उनी पछिल्लो समय वेब सिरिज 'रेलवे म्यान' मा देखिएकी थिइन्।